जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल प्रमुख आतिथ्यमा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितीको नियमित मासिक बैठक, छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा जिल्ला स्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरीकहरुको हक हितको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका सरकारी तथा गैरसरकारी निकायका व्यक्तित्वहरु एवं जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितीका पदाधिकारीहरु समेत गरी ५१ जनाको समुपस्थिति मा सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।