लागुौषध ट्रामाडोल सहित चालक र माेटरसाईकल नियन्त्रणमा
चितवनकाे भरतपुर महानगर पालिका वडा नं २४ नयाँवस्ति मा औषधिजन्य लागुऔषध बिक्री वितरण भई रहेको भन्ने सूूचनाको आधारमा इलाका प्रहरी कार्यालय गितानगर चितवनबाट प्रहरी निरीक्षक मिनादेवी राईको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला चितवन भरतपुर भरतपुर महानगर पालिका वडा नं. २४ नयाँबस्ती बस्ने बर्ष ३५ को सुकमान घलान र भरतपुर २४ बस्ने निजको भाई बर्ष ३१ को आरुष घलानलाई नियन्त्रणमा लिई निजहरुको घरमा खानतलासी गर्दा लागुऔषध ट्रामाडोल १०,२३९ क्याप्सुल र निजहरुले प्रयोग गरेको बा.प्र.०६-००१ प ३२९० नम्बरको सुपर स्पलेन्डर माेटर साईकल.सहित फेला परेकोले माेटरसाईकलर लागुऔषध बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट दिन ७ म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले जानाकारि दिनु भयाे