हेटौडा सिमेन्ट उद्योग लगायत हेटौडाको बिभिन्न स्थानहरुबाट चोरी गर्ने ८ जना पक्राउ
जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगबाट बिभिन्न साईजको बिजुलीको तामाको तारहरु चोरी गर्ने जिल्ला मकवानपुर हेटाैडा उपमहानगर पालिका ८.वडा नं. १२ बस्ने बर्ष २२ को मनिराज थोकर, साेहि स्थान बस्ने .१३ बस्ने बर्ष २८ को सन्त बहादुर तितुङ र .वडा नं.४ स्थितबाट कवाडी पसलका संचालक देश भारत मोतिहारी
दिल खुसकुमार साह र मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं.०८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी गर्ने .वडा नं. ८ बस्ने बर्ष २४ को सुशान्त श्रेष्ठ, बर्ष २६ को सुमन राई र बर्ष २५ को समिर घिमिरेलाई मिति २०८१।०७।०८ गते पक्राउ गरिएको । पक्राउ परेका सुशान्त श्रेष्ठले मिति २०८१।०६।१६ गते रातको समयमा जिल्ला मकानपुर हेटौडा उ.म.न.पा. वडा नं.०८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान, नगद रु.२०,०००।– र मिति २०८१।०७।०३ गते जिल्ला मकवानपुर हेटाैडा उपमहानगर पालिका वडा नं. २ स्थित रातो समाचार डट कम कार्यालय अगाडी बाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नं. को यामाहा कम्पनीको माेटर साईकल. चोरी गरेका थिए ।
मिति २०८१।०७।०८ गते इलाका प्रहरी कार्यालय मकवानपुरगढि मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढि गा.पा.वडा नं. २ स्थित शिखरकटेरी चोकबाट जिल्ला कञ्चनपुर बेलडी गा.पा.वडा नं. ३ घर भएका बर्ष २४ को राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीले प्रदेश २-०१-००३ प ६१०५ नं.को माेटर साईकल लेनडांडाबाट ३७.२३ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरि निजहरूमाथि
चोरी तथा डांका मुद्धा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ६ दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।