युद्द निषेध शान्ति विशेष अभियान अन्तर्गत भावी पुस्तालई युद्दबाट बचाउने दृढता खोइ ?

Spread the love

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले ७९ औ संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आज कार्तिक ०८ गते (अक्टोबर २४) का दिन युद्द निषेध शान्ति विशेष अभियान अन्तर्गत भावी पुस्तालाई युद्दको विभिषिकाबाट बचाउने दृढता खोइ ? भन्दै चितवन शाखाको तर्फबाट देशकै केन्द्रबिन्दु मानिने चितवनको चौविसकोठीमा बिहान ०८:०० बजेदेखि २० मिनटको प्रदर्शन गरेको छ।

चितवन शाखाका सभापति पूर्ण चन्द्र चापागाईको सभापतित्वमा भएको प्रदर्शनमा केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष दिपक लामिछाने, शाखा उपसभापति जिवन के.सी., सह सचिव रूविशा कोइराला, शाखा सदस्यहरू ढुङ्गाना, लक्षमी सुवेदी तारा परियार, जानकी क्षेत्री लगायत कृति चौधरी, भोजराज चापागाई, बलराम तिमिल्सना, प्रविश घिमिरे लगायतको उपस्थितिमा सदस्य सुमि गौतमले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने प्रदर्शनको शुरूवात सहित समापन समेत गर्नु भएको थियो।

उक्त समापन कार्यक्रममा वोल्दै शाखा सभापतिले भन्नुभयो । आज संयुक्त राष्ट्रसंघको स्थापना भएको दिनलाई सम्झदै पहिलो र दोश्रो विश्वयुद्द पश्चात् विश्वशान्तिका लागि गठन भएपछि विश्वका राष्टहरूलाई एकबद्द गराउने काम गर्दै आएपनि हाल आएर रूस तथा युक्रेन युद्धमा, अरब तथा इजरायल युद्धमा आशातित सफलता हासिल गर्न पहलकदमी गर्न नसकेको हुँदा त्यसतर्फ आवश्यक कदम चाल्न अनुरोध गर्दै दवावमूलक कार्यक्रमहरू गर्दै आएको मानव अधिकार तथा शान्ति समाजका विभिन्न अभियान अन्तर्गत यो अभियान पनि एक भएको कुरा व्यक्त गर्दै उक्त प्रदर्शनको समापन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *