कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न

Spread the love

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपाध्यक्ष रूकमाङ्गत पान्डेले अतिथि शेयर सदस्यहरूलाई स्वागत सम्बोधन गर्नुभएको थियो ।अतिथिहरूमा बागमती सहकारी पर्यटन बोर्डका उपाध्यक्ष टिकाराम भट्टराईले कालीगण्डकी सहकारी संस्था सहकारीको मूल मर्म अनुसार चलेकोले सबैलाई शुभकामना दिनुभयो । समझदारी सहकारी संस्थाका अध्यक्ष खेम सुवेदी ले १४औं वार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुभयो । समाजसेबि महेन्द्र कडाैल, मानवअधिकार शान्तिसमाज चितवनका अध्यक्ष पुर्णचन्द्र चापागाई, भरतपुरमहानगर पालिका वडा नं ११ का पुर्व वडा अध्यक्ष बाबुराम अधिकारी , किरण टोल विकास संस्थाका अध्यक्ष चन्द्रिकादेवी रेग्मीले १४औं साधारणसभाको शुभकामना दिनुभयो। संस्थाका शेयर सदस्य स्वास्थ्यकर्मी केशव बगालेले गीत ,कविता, गजलले मनोरञ्जन दिनुभयो ।संस्थाका सचिव यज्ञप्रसाद शर्माले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष कुलप्रसाद कडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो। भिमनारायण उपाध्यायले लेखा प्रतिवेदन साथै ऋण समितिका संयोजक दिगन्तराज पन्तले ऋण लगानीको विषयमा प्रस्ट पार्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कमलबहादुर मल्ल ले सम्बोधन गर्नुहुँदै इमान्दार सहकारीका सञ्चालक र बेइमान सहकारीका सञ्चालकलाई एकै खाले मूल्याङ्कन गर्न नहुने बताउनुभयो। सहकारीको कानुनबाट नचल्ने सहकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने र शेयर धनीको बचत कानुन बमोजिम फिर्ता गर्नुपर्ने बताउनुभयो । साधारण सभामा टिकाराम भट्टराई ,अमरबहादुर लामा ,शोभकान्त पौडेल, मोहननाथ पौडेल ,भोजराज न्यौपाने ,कोषराज पौडेल, मन्दिरा देवी पौडेल, गोविन्दप्रसाद पराजुली, प्रेमप्रसाद ढकाल, हेम शर्मा पौडेल, बोधराज कँडेल र कर्मचारीतर्फ व्यवस्थापक दिपेश ढकाल, कार्यालय सहायक निरु मल्ल सम्मानित हुनुभयो । संस्थाका अध्यक्ष ज्ञानेन्द्र गिरीले आपसी सहयोग सद्भाव सामूहिक हित तथा उन्नतिको लागि “आकर्षक ब्याज सुलभ कर्जा “भन्ने मूल धयका साथ विसं २०६७ साल मंसिर २१ गते विधिवत रूपमा स्थापना भई यो अवस्थासम्म ल्याइपुर्याउन योगदान गर्नु हुने संस्थापक अध्यक्ष ज्यू तथा संस्थाको पूर्व पदाधिकारी सञ्चालकहरू र शेयर सदस्यहरू ,संस्थाप्रति प्रत्यक्ष रुपमा जोडिन सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक ज्यूहरू, कर्मचारी वर्ग ,संस्थाका विकासप्रेमि र सहयोगी मनहरुलाई हृदयदेखि धन्यवाद दिनुभयो । छरिएर रहेको पूँजीलाई स्वीकृत गरी संस्थाको माध्यमबाट स्रोतलाई धेरैको पहुँचमा पुर्याउने पवित्र उद्देश्य रहेको बताउनुभयो । आफ्नै स्रोत साधनको अवधारणा सहित उद्दमशीलता क्षमताको विकास गर्दै स्थानीय प्रतिस्पर्धामा लाग्नुपर्ने बताउनु हुँदै क्षमता विकास गर्न इमान्दारी साथ नविन सोच ,सम्भावनाको खोजी ,विश्वासिलो वातावरण सिर्जना गरी प्रजातान्त्रिक तरिकाबाट जनसहभागितामा मात्रै संस्थाको सञ्चालन हुने हुँदा सहकारी संस्था व्यवसाय उन्मुख बनाउनुपर्ने कुरामा विशेष जोड दिनुभयो। आजको आवश्यकता प्रविधियुक्त कारोबार ,आफ्नै संरचना, पारदर्शी किसिमबाट छिटो छरितो सेवा ,सहयोगी विकाससँग समन्वय र सहयोगको साथ कार्यगत सफल भएको कुरा समेत व्यक्त गर्न गर्नुभयो । शेयर सदस्यहरूले राख्नुभएको जिज्ञासा चित्तबुझ्दो तरिकाबाट सवाल जवाफ सहजीकरण गर्नुभएको थियो। सम्पूर्ण शेरधनी सदस्यहरूले ताली बजाई २०८०/८१ को वार्षिक प्रतिवेदन पास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *