व्यवसायीको लाखौं घुस कुम्ल्याएर सरुवा भए आन्तरिक राजस्व कार्यालय प्रमुख- निरन भट्टराई
आन्तरिक राजस्व कार्यालय भरतपुरका कार्यालय तत्कालीन प्रमुख निरन भट्टराई ले सेवा ग्राहिलाइ हद सम्मको दुःख दिई मोटो रकम घुमाउरो पाराले सूचना अधिकारी राजन रेग्मी, सम्बन्धित फाँटका नासु खड्कबहादुर खड्का लगायत लगाई दुःख दिई घुस लिने गरेको बताउँछन्। व्यापारीसङ विभिन्न बाहानामा दोहोरो भ्याट रकम लिने गरेको तथ्य खुलेको तथा घुस रकम नदिए राजस्व छलीको बहाना बनाई जेल कोचिदिने ,दोब्बर जरिवाना लगाउने ,जग्गा रोक्का गर्ने तिम्रो उठी बास हुन्छ भनि धम्की दिने गरेको नागरिक बताउँछन्। आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरू आइडेन्टी कार्ड ड्रेसहरू समेत लगाउँदैनन । को सेवाग्राही र को कर्मचारी छुट्याउन गाह्रो छ। करदातालाई कुन मासिक र कुन चौमासिक नछुटाई जरिवाना समेत असुली गर्ने गरेकोले सेवाग्राही किन यस्तो गरेको भनेर गुनासो गर्दा उल्टो जहाँ प्रधानमन्त्री मन्त्रीलाई भन यो हाम्रो काम होइन भनि धम्क्याउँछन्। घुस पाएमा तुरुन्त मिलाइदिइ पनि हाल्छन् ।आन्तरिक राजस्व कार्यालय भरतपुरका तत्कालीन प्रमुख निरन भट्टराई ले हजारौँ नागरिकहरू व्यवसाय बन्द गर्न बाध्य पारिएको हुनाले धेरै व्यवसायी हरु घाटामा पुगि सकेकोले नारायणगढ बजारमा हेर्दा सटर भाडामा छ भनेर लेखेको देख्न सकिन्छ । यस्ता भ्रष्ट तत्कालीन कार्यालय प्रमुख निरन भट्टराईलाई अकुत सम्पत्ति आर्जन गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिककरण आयोगमा निवेदन दिइसकेको सेवाग्राहीहरू बताउँछन्। कार्यालय प्रमुख भट्टराईलाई कस्तो कारबाही गर्ला त्यो भने हेर्न बाँकी छ। नागरिकलाई सूचना लुकाउने दुःख दिई घुस खाने सूचना अधिकारी राजन रेग्मी र नासु नायब सुब्बा खड्कबहादुर खड्का ले घुस लिने गरेको सेवाग्राहीहरू बताउँछन्। सूचना अधिकारी राजन रेग्मी र नासु खड्कबहादुर खड्का लाई तत्काल छानबिन गर्नुपर्ने नागरिक अगुवा बताउँछन् ।राष्ट्रसेवकको काम नबुझेको करदातालाई बुझाउने राज्यले तोकेको मापदण्ड अनुसार कर उठाउने भनिन्छ सेवाग्राहीलाई “मुस्कान सहित्को सेवा” त्यो उखानमा मात्रै सिमित भएको छ यही अवस्था हेर्ने हो भने व्यवसायी नै पलायन हुने अवस्था देखिन्छ। युवा व्यवसायी पलायन भए अर्थतन्त्र नै टाट फर्कने जानकारहरू बताउँछन्।तसर्थ यस्ता कृयाकलाप रोक्न अर्थ मन्त्रालय साथै प्रधानमन्त्री कार्यालय को ध्यानाकर्षण हुनु जरुरी देखिन्छ।
