भ्रष्टाचार मुद्धामा अनुसन्धान पाँच वर्षे राख्न खोज्ने प्रमुख दलहरुको नियत विरुद्ध प्रदर्शन
भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलहरुको नियत विरुद्ध “सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर”, भन्ने आग्रह गदै आज मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौबीस कोठि चोकमाबिहान ८:बजे आधा घन्टा शान्तिपूर्ण प्रदर्शनीको आयोजना गरेको छ ।
संसद : भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ, ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा नगर, भ्रष्टाचार विरुद्ध हामी सबै एक हौँ , नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर जस्ता भ्रष्टाचार विरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । शाखा सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार प्रकाश अधिकारी र केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौलाले आफ्नो धारण राख्नुभएको थियो केन्द्रिय उपसभापति राजेन्द्र पौडेल केन्द्रिय सदस्य बिनोद कुमार अधिकारी केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौला पुर्ब केन्द्रिय सचिब बाबु हरि आचार्य शाखा उपसभापति भवानी अधिकारी जिल्ला सचिब जीवन के सि कोषाधक्ष तारा पौडेल कार्यसमिति सदस्य सुशील राना ,झलक प्रसाद अधिकारी आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं सदस्य सुमि गौतम ,लक्ष्मी सुवेदी कृती चौधरी , रुबिशा कोइराला ,सुबर्ण कुमार रेग्मी , बिश्व राज ढुङ्गाना , शोभाखर भुसाल ,जयन्ती प्रसाद उपाध्याय,ऋषि राम खनिया,राम प्रसाद भुसाल ,बालकृष्ण रेग्मी ,बलराम तिम्मल्सिना,कृष्ण प्रसाद अधिकारी लगायतका अधिकारकर्मीहरुको सहभागिता थियोे ।