दर्ज्यानी चिन्ह सुशोभन तथा मातहत कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन सम्पन्न

Spread the love

दर्ज्यानी चिन्ह सुशोभन तथा मातहत कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन समम्बोधन कार्यक्रम सम्पन प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको प्रहरी माहानिरिक्षकको निर्णयानुसार जनपद प्रहरी समुह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ । बढुवा तथा पदस्थापन हुनु भएका प्रहरी कर्मचारीहरु तथा मातहत कार्यालय प्रमुख हरुलाई यश जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालज्यू ले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई बधाई तथा संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि ढंगले प्रयोग गरी उच्च मनोवलका साथ थप जिम्मेबारी बोध गर्दै अगाडि बढ्न निर्देशन समेत दिनु भएको थियो ।सो कार्यक्रममा सिनियर प्रहरी अधिकृतज्यूहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे