निशुल्क पोशाक वितरण र वैवाहिक उत्सवसँगै नयाँ भर्ना, कार्यक्रम सम्पन्न
निशुल्क पोशाक वितरण सहित वैवाहिक वर्षगाठ उत्सवसँगै नयाँ भर्ना, अक्षरारम्भको कार्यक्रम सम्पन्न
खैरहनी माध्यमिक विद्यालय माडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास कुमार तिवारी र उहाँको धर्मपत्नी यम कुमारी भुसालको वैवाहिक वर्षगाठको १८ औं उत्सव मनाउँदै गर्दा शैक्षिक शत्र २०८०÷८१ को लागि अक्षरारम्भ, नव आगन्तुक विद्यार्थी, नयाँ भर्ना तथा सरस्वतीपूजाको अवसर पारी नव आगन्तुक तथा नयाँ भर्ना हँुदै गरेका विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई विद्यालयको पोशाकहरु सौजन्य तथा निशुल्क वितरण गर्नु भएको थियो भने विद्यालय प्रशासनको तर्पmबाट माडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्री माधव प्रसाद चापागाईले शैक्षिक सामग्रीहरु वितरण गर्नु भएको थियो । उक्त कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष सुवास कुमार तिवारीको अध्यक्षतामा, माडी न.पा वडा नं. ४ का वडा अध्यक्ष श्री माधव प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा गरिएको थियो । सरस्वती पूजा भव्यताका साथ विद्यालयले मनाएको छ, उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी सल्लाहकार, संयोजूक जन प्रतिनिधि, शिक्षक तथा शिक्षिकाहरु, समाजसेवी समेतकोे उपस्थितिमा अक्षरारम्भको कार्यक्रम गरिएको थियो ।
