नव जागृति सामुदायिक वन उपभोक्ता समुहले मनायो वातावरण दिवस

Spread the love

नव जागृति सामुदायिक वन उपभोक्ता समुहले मनायो वातावरण दिवस
नव जागृति सामुदायिक वन उपभोक्ता समुह भरतपुर – ११ चितवनले विश्व वातावरण दिवसको उपलक्ष्यमा लामाटोल चोकबाट वनक्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गर्यो ।
यस अवसरमा Solutions to plastics pollution beat plastic pollution
प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं वातावरणमैत्री विकल्पको उपयोग गरौं ।
विश्व वातावरण दिवस २०८० को अवसरमा वन क्षेत्र सरसफाई कार्र्यक्रम मिति २०८० जेठ २२ गतेको आयोजनामा लामाटोल विकास संस्था, नवजीवन टोल विकास संस्था र मृगकुञ्ज टोल विकास संस्थाको समेत सहभागीता रहेको थियो ।
बिहान ०७ः०० बजेबाट शुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन भरतपुर – ११ का वडाध्यक्ष श्री कमल मल्लबाट भएको थियो भने कार्यक्रम सञ्चालन समुहका सदस्य प्रकाश देवकोटा, स्वागत मन्तव्य समुहका उपाध्यक्ष नाराण बहादुर के.सी., सभापतित्व कार्यक्रम संयोजक चन्द्र प्रकाश आचार्यले गर्नु भएको थियो । यस कार्यक्रममा समुहका पदाधिकारीहरु, सदस्यहरु, कानुनी सल्लाहकार पूर्ण चन्द्र चापागाई, लेखा समिति सदस्य प्रकाश अधिकारी, अनुगमन समिति संयोजक रुक्मागत पाण्डे सल्लाहाकार्हरू, नेपाली काङ्ग्रेस वडा सभापति अमर बहादुर लामा र पार्टी अध्यक्ष प्रतिनीधिहरु, तिनवटै टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि, पदाधिकारी, साधारण सदस्य लगायत सामाजिक अगुवा, लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बिहान ७ः०० बजेदेखि ०८ः०० बजेसम्म कार्यक्रम चलेको कुरा समुहका कार्यालय सचिव श्रीकृष्ण पोखरेल, उपाध्यक्ष इश्वरी आचार्य, सचिव विष्णु सापकोटा लगायत सहभागीहरुले चिरफार खबर पत्रिकालाई बताउनु भएको हो ।
संयुक्त राष्ट्र संघले विश्व वातावरण विषयमा १९७२ मा सम्मेलन गरी उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीति र सामाजिक जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय एकता बन्यो त्यसैके उपलक्ष्यमा जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रुपमा लिइदै आइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *