ब्राइट स्टार समाज नेपालको चौथो साधारणसभा सम्पन्न

Spread the love

ब्राईट स्टार समाज भरतपुरको चौथो साधारणसभा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । भरतपुर २ क्षेत्रपुरमा रहेको समाजले भरतपुर २ क्षेत्रपुरका वडा अध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति शम्भु राउत मन्जु असाहय संरक्षणकी मन्जु खान टोल सुधारका अध्यक्ष लक्ष्मण सुवेदी सस्थाका सल्लाहकार नारायण सापकोटाले मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि मनोज रानाभाटले सस्थामा आश्रति बालबालिकाहरुलाइ आबश्यक सहयोग गर्ने बताउनु भएको थियो भने कार्यक्रमका सभापति सस्थाका अध्यक्ष दामोदर देबकोटाले उपस्थिति सम्पूर्णलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो कार्यक्रम संचालन कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो।हाल ब्राइट स्टार समाजमा ८ जना छोरी र १ जना छोरा गरि ९ जना बालबालिका संरक्षणमा छन।