मानव अधिकार तथा शान्ति समाज चितवनकाे प्रदर्सन

Spread the love

रुस युक्रेन युद्धको १ बर्ष पुगेको छ रुसलाइ तत्काल युद्ध रोक्न आग्रह गर्दै बिहान ८:३०देखी ९:००बजे सम्म ३० मिनेट शान्ति प्रदर्सन गरेको थियो । युद्धले केवल मानव पराजित :इतिहास लज्जित ।बिध्वम्सकारी यो युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने मुल नारा सहित प्रदर्सन गरेको छ।कार्यक्रम सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न भएको थियो भने पुर्ण चन्द्र चापागाईं , तारा पौडेल , किरण राउत ,सुपिर्या सापकोटा , सुशील राना ,ज्ञानेन्द्र पोख्रेल , बिश्वा नाथ ढुंगाना लक्ष्मी सुवेदी लगायतको उपस्थित थियो। मानव अधिकार तथा शान्ती समाजले फागुन १२ गते देश भरि प्रदर्सन गरेको छ। मानव अधिकार तथा शान्ती समाजले रुस युक्रेन युद्ध हुनु केही दिन अगाडि UN office अगाडि काठमाडौंमा युद्ध हुनुहुदैन युद्धको सम्भावना छ यो हुनुहुदैन भन्दै प्रदर्सन गरेको थियो ।केही दिनमा युद्ध भयो ।फेरि युद्ध रोक्न आग्रह गर्दै रुसि अफिस अगाडि पनि प्रदर्सन गरेको थियो भने पटक /पटक शान्ति समाजले युद्धको बिरोध गर्दै आएको छ। मानव अधिकार तथा शान्ति समाजले यस्ता खालका जन उपयोगी तथा मानव अधिकार सम्बन्धित अभियान तथा कार्यक्रमहरू समय समयमा चितवन जिल्ला लगायत देशैभरका शाखाहरूबाट सन्चालन भइ रहेको हुन्छ ।