बेसिक सिलाइ कटाई तालिम उद्घाटन समारोह सम्पन्न

Spread the love
वडा अध्यक्ष ज्यु बाट बेसिक सिलाइ कटाइ तालिम उद्घाटन गर्नु हुँदै।

– टिकाराम भण्डारी

चितवन भरतपुर महानगरपालिका वडा नं १५ परामर्श दाता स्पन्दन विविध तालिम केन्द्र एण्ड सप्लायर्स भरतपुर १२ द्वारा बेसिक सिलाइ कटाई तालिम उद्घाटन सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर-१५ का वडा अध्यक्ष श्री कृष्ण देवकोटा, विशिस्ट अतिथी भरतपुर-१५ का महिला वडा सदस्य तथा भरतपुर कार्यपालिका सदस्य सिर्जना अधिकारी, वडा सदस्य पुष्पराज अर्याल, भरतपुर १५ का वडा सचिव चन्द्र प्रसाद आचार्य, श्री पुर टोल विकास संस्थाका अध्यक्ष विष्णु अधिकारी, श्री पुर टोल विकास संस्थाका प्रतिनिधी तथा समाजसेवी कर्ण बहादुर सुवेदी, सुर्योदय टोल विकास संस्थाको उपाध्यक्ष सुनिल लिम्बु, कार्यक्रम व्यवस्थापक मनिष अर्याल, प्रशिक्षक केश कुमारी श्रेष्ठ, सहायक प्रशिक्षक कल्पना न्यौपाने अर्याल लगायतको उपस्थितिमा परिक्षार्थीहरु कविता मगर, अनिता राना मगर, लिला देवी भुर्तेल, गंगा गुरुङ, सदिक्षा थापा, पवित्रा गुरुङ, शोभा घिमिरे अधिकारी, निशा उपाध्याय, सचिता भुषाल, कुमारी गर्वुजा, एजिना सुनार, पुर्णिमा गुरुङ, सबिता अधिकारी घिमिरे, सिता ढकाल, सुनिता चापागाई, अनिता परियार, दिपा वि.क. सुस्मिता महर्जन, होम माया, सविना भण्डारी, कमला थापा मगर, मनु पौडेल, सिमा शेरचन, संगीता वि.क. , अस्मिता पौडेल, सर्मिला वि.क. विन्दु वि.क. लयायत ३५ जना परीक्षार्थीलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्री कृष्ण देबकोटाले वडा बासीको व्यवसायिक सिप, योजना, प्रविधी र वडाको समस्यामा १५ नम्बर वडा सदैव चिन्तित रहने भनाइ व्यक्त गर्नु भयो । गरिब ,बिपन्न, आदिबासी जनजाती, सीमान्तकृत, अल्पसंख्यक, एकल महिला, विदेश बाट नेपालमा नै सिप तथा रोजगारी सिर्जना गर्न र उद्योग खोल्न आउनेलाई सिप सिकाइने बताउनु भयो । सिकेका सीपलाई व्यवहारमा ल्याई उद्योग संचालन गर्न सरल कर्जाको लागी यस वडा कार्यालय सिफारिस गर्न सदैव तयार छ , सिकाइ अवधी भरी इमान्दार भई सिप सिकी उद्यमी बन्न सके बेरोजगार अन्त्य भई उद्योग मैत्री वडा बन्न सक्ने ठोकुवा गर्नु भयो । तालिमका सहभागीहरुलाई निशुल्क बेसिक सिलाइ कटाई तालिम, सिलाइ मेसिन (प्रविधी) हस्तान्तरण गरिने र व्यवसाय दर्ता गरी आउनेलाई थप तालिम दिने बताउनु भयो । सोही वडाका महिला सदस्य तथा नगर कार्यपालिकाका सदस्य सिर्जना अधिकारीले सबै सहभागीहरुलाई तालिम सिकी उद्योगी बन्न शुभकामना दिनु भयो । वडा सदस्य पुष्पा राज अर्यालले सिकेको सीपलाई व्यवहारमा लागु गरी उद्योगी बने बेरोजगार समस्या हल हुने, व्यक्तिगत आय मात्र नबडी समग्र १५ नम्बर वडाकै शिर उच्च हुने र उद्योग मैत्री वडा बन्ने भनाइ राख्नु भयो यहाहरुले सिकेको सीपलाई व्यवहारमा ल्याई उद्योगी बने आगामी वर्ष थप एडभान्स तालिमको व्यवस्था गरिने बताउनु भयो । सोही वडाका वडा सचिव चन्द्र प्रसाद आचार्यले तालिमका सहभागीलाई सम्बोधन गर्नु हुदै तालिमको सम्पूर्ण खर्च वडाले व्यहोर्ने गरी तालिम सुरु गरिएको र यहाहरुको जनप्रतिनिधी जनताको आखाका नानी हुन् भन्ने १५ नम्बर वडाको प्रतिनिधीले प्रस्ट पारेको बताउनु भयो । सेवा प्रदायक संस्था स्पन्दन विविध तालिम केन्द्र एण्ड सप्लायर्सका अध्यक्ष तथा प्रबन्धक निर्देशक देवराज थपलियाले तालिमका सहभागीहरुलाई, घर भाडा करार, उद्यमशीलता विकास, त्रुटीपूर्ण उत्पादन , व्यावसायिक कार्य योजनाको शिक्षा लगायत बेसिक सिलाइ कटाई तालिम प्रदान गरिने बताउनु भयो । सोही कार्यक्रमका अध्यक्ष देवराज थपलियाको अध्यक्षतामा बेसिक सिलाइ कटाई तालिम उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *