जनतालाई सेवा दिन तयार छ: प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल

Spread the love

-मनिष अर्याल

 चितवन। राहदानी सेवालाई सरल,सहज र झन्झटिलो रहित बनाउन जिल्ला प्रशासन कार्यालयबाट ९० जनालाई दैनिक सेवा दिइएकोमा अहिले थप गरी १२० बनाइएको र राष्ट्रिय परिचय पत्र १२० लाइ दैनिक सेवा दिइएकोमा बढाइएर २०० बनाइएको आकस्मिक बैदेशिक रोजगारी, चिकित्सा शास्त्र वा अध्ययनका लागी अति आवश्यक परेमा २०० को कोटा लागु नहुने  प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो। हत्या हिंसा , अत्याचार, हुलदंगा, आतंकवाद नियन्त्रण गर्न शुन्य सहनशीलता अपनाइने बताउनु भयो । जनताको ज्यु धनको सुरक्षा दिनु, शान्ती सुरक्षा अमनचयन कायम गर्न भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गर्न लागी पर्ने  जिल्ला प्रशासन कार्यालय लागी पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले बताउनु भयो ।