वडा अध्यक्षकाे चरित्र हत्या नगर्न आग्रह

Spread the love

भरतपुर महानगरपालिका वडा नं २१ का का वा वडा अध्यक्ष कृण्ण कुमार गुरूङ्ग ,वडा महिला सदस्य शान्ति पराजुलि,दलित महिला सदस्य फुलकुमारि परियार , वडा सदस्य राजु तमाङ्ग सहित संयुक्त बिज्ञप्ति जारि गर्दै भरतपुर महानगर पालिका वडा नं २१ काे आर्थिक बर्ष २०७५/२०७६ काे वडा स्तरिय याेजना अन्तरगत कन्चन टाेलकाे दुर्गा बहादुर भट्टराईकाे घर देखि गणेश मन्दिर र गाेपाल सापकाेटाकाे घर हुँदै मगर समाजकाे भवन सम्म जाने बाटाेमा ग्राबेल गरि स्तरउन्नति गर्दा वडा अध्यक्ष चित्रसेन अधिकारी र उहाँकाे छाेरा बिबेकसेन अधिकारी बाट आर्थिक अनिमियता भएकाे भनी आएकाे समाचार प्रति यस वडाकाे ध्यानाकर्षण भएकाे छ। उल्लेखित याेजना सम्पन्न गर्न नियम अनुसार उपभाेक्ता समिति गठनकाे र प्रचलित कानुन बमाेजिम आर्थिक नियम परिधि भित्र नै रहेर कार्य सम्पन्न भएकाे हुदा एक ईमान्दार जनप्रतिनिधिकाे चरित्र हत्या गर्ने उद्देश्यले सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता छैनभनी भरतपुर महानगरपालिका वडा नं २१ काे वडा कार्यसमिति ले संयुक्त प्रेश विज्ञप्ति जारि गरिएकाे जनाएकाे छ भने स्थानिय जनताले वडा अध्यक्ष चित्रसेन अधिकारी नेपाली काङ्ग्रेस महानगर सभापति लड्न खाेजिएकाेले उहाँलाई फसाउन याेजना बनाएकाे हुन सक्ने जानकारहरू बताउछन् । वडा अध्यक्ष चित्रसेन आर्थिक रूपमा लाेभि हैनन् । हरेक समाजिक काममा उहाँकाे आर्थिक सहयाेग गर्ने तथा खराे स्वभावका विकास प्रेमी वडा अध्यक्ष हुन् उहाँलाई विकासकाे चिन्ता छ स्थानियकाे भनाई छ।