राप्ती नगरपालिका सबल सक्षम र बिकासन्मुख बनाउदै जनताका ढुकढुकी मेयर शमशेर लामा
चितवन। राप्ती नगरपालिकाका मेयर शमशेर लामाले राप्ती नगरपालिका लाई सबल सक्षम विकासन्मुख जनताको समस्यालाई उच्च प्राथमिकतामा राखी निर्णय गर्ने गरेको बताउछन् । राप्ती नगरपालिका खाद्यान्नको उर्वर भुमी पनि मानिन्छ । खाद्यान्न लगाउने बेलामा सिंचाई, मल, बिउ, जोत्नको लागी ट्रयाक्टर, किटनाशक औषधी समयमा उपलब्ध गराउने र यहा बेमौसमी तरकारी खेती गर्न भुमी गत सिंचाईको राम्रो व्यवस्था गरेको स्थानीय बताउछन् ।
राप्ती नगरपालिका पशुपालनको पकड क्षेत्र पनि मानिन्छ यहाको गाइ भैसीको दुध स्थानीय बजार ; पोखरा, काठमाण्डौ बजारमा बिक्री हुने गरेको दुग्ध व्यवसायीहरु बताउछन । पशुपालनमा आउने समस्या सहजिकरणको लागी विज्ञ भेटनरी डाक्टर राखी उपचार गराउन दक्ष मानिन्छन । यहा पहाडी भेगमा मौरीको महको उत्पादन क्षेत्र पनि मानिन्छ । यहाको मह काठमाण्डौं, पोखरा, हेटौडा, सर्लाही, बिरगंज लगायतका ४० जिल्लाको बजार ओगटेको मह व्यवसायी बताउछन । यस राप्ती नगर राष्ट्रिय निकुन्ज सग जोडिएको हुदा पर्यटकीय नगरी पनि मानिन्छ । यहा राम्रो होटलहरु छन् भने यहा दुर्लभ एक सिंगे गैडा, दुर्लभ पाटे बाघ, हरिण, मृग, बदेल, दुम्सी, चित्तल, घोरल, जंगली हात्ती लगायत बिभिन्न प्रकारको जंगली जनावरहरु बसोबास हुने गरेको र पन्छी तर्फ कालिज, काडे भ्याकुर, मयुर, बकुल्ल्ला, पानी हास लयायतका थुप्रै प्रजातीका चराहरु पाइन्छन् यहाको मयुर नाचेको दृश्य हेर्न पर्यटकहरु बिभिन्न देशहरु बाट आउने गरेको पर्यटन व्यवसायीहरु बताउछन । मानव र बन्यजन्तु बिचको द्वन्द काम गर्न काडे तार कंक्रिट वाल लगाइएको मेयर शमशेर लामा बताउछन। कुनै समस्या आए वा घटना दुर्घटना भए तत्कालै समस्याको समाधान गरिने र राहत उपलब्ध गराउने गरेको मेयर शमशेर लामा बताउछन उद्योग व्यवसाय प्रवर्धनको लागी सस्तो ब्याजमा उपलब्ध गराउन बैंक सहकारी र वित्त सस्था चुस्त दुरुस्त राखिएको उद्योगको लागी आवश्यक पर्ने दक्ष जनशक्ती स्थानीय राप्ती नगर बाट नै सिप तालिम दिई खपत गर्ने गरेको बताउनु हुन्छ। हाट बजार ,स्थानीय बजार बेला बेलामा गुणस्तर मुल्य वृद्धिको अनुगमन गर्ने गरेको मेयर लामा बताउछन। गरिब बिपन्नको लागी खरको छानो बिस्थापित गराउने कार्यक्रम रहेको र उक्त कार्य भई रहेको र भुमी हिन सुकुम्बासीको लागी छुट्टै आवास बनाइ हस्तान्तरणको प्रक्रिया यसै आर्थिक वर्षमा हुने बताउनु हुन्छ । बिपन्न गरिब निमुखाको उपचारको लागी राप्ती अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मेयर लामा बताउछन् । कार्यालयमा हुने ढिला सुस्ती, भ्रस्ताचारलाई शुन्यमा राख्ने बताउनु भयो । ‘हाम्रो राप्ती सक्षम राप्ती’ भ्रमण को लागी विश्व सामु चिनाउने मेयर शमसेर लामा बताउनु हुन्छ। उहा नेपालका तृतीय कान्छा मेयर मानिन्छन् ।
