धारिलो हतियार देखाई नारायणी मनिट्रान्सफरमा डाँका गर्ने मानिस पक्राउ

Spread the love


घटना बिवरण :
मिति २०७९/०५/२६ गते दिनको १३:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ४ फनपार्क नजिकमा रहेको पूर्ण शंकर गौतमको घरमा सँचालनमा रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र तत्काल नाम थर, वतन नखुलेको छोटो कपाल, आकाशे/निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट, मुखमा कालो माक्स, सेतो/पहेंलो रंगको बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकी अं ४०/४२ बर्ष जतिको पुरुष व्यक्ति उक्त मनि ट्रान्सफरमा छिरी धारिलो हतियार देखाई काउन्टरमा बसिरहेकी मनि ट्रानसफरको स्टाफलाई मारिदीने समेतको डरत्रास, धम्की दिई उक्त मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद रकम रु २,०४,२५०।- (दुई लाख चार हजार दुई सय पचास) जबरजस्ती डाँका गरी लुटी फरार भएको भन्ने यस कार्यालयमा पर्न आएको सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरी उक्त व्यक्तिको खोजतलाश गर्ने क्रममा घटनास्थल तथा घटनास्थल वरपर बुझिएका मानिस, CCTV फुटेज अध्ययन लगायत बिभिन्न तवरबाट अनुसन्धान गर्दै जाँदा उक्त घटना बा.प्र. ०३-००१ ह १२६३ नम्वरको अटो चालक जिल्ला नवलपरासी ब.सु. पुर्व घर भई हाल जिल्ला चितवन भ.म.न.पा. वडा नं. १६ मा डेरा गरी बस्ने बर्ष ४२ को मिनमान सुनारले घटाएको भन्ने खुल्न आएको हुँदा निजको खोजतलाश गर्ने क्रममा मिति २०७९/०५/२७ गते दिनको अं १३:३० बजेको समयमा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं १० चौविसकोठी स्थितमा उक्त बा.प्र.०३-००१ ह १२६३ नम्वरको अटोमा नै बसिरहेको अवस्थामा निजलाई फेलापारी प्रारम्भिक रुपमा सोधपुछ गर्दा निजले घटनामा आफ्नो संलग्नता स्विकार गरेको र निजको शरीर खानतलाशी गर्दा निजको साथमा रहेको सानो व्यागवाट लुटेको रकम नगद रकम रु १३,६०५ (तेह्र हजार छ सय पाँच ) फेला परेको र निजको कोठा खानतलाशी गर्ने क्रममा निजको डेरा कोठामा नगद रु १,६७,०००।- (एक लाख सरसठ्ठी हजार ), धारिलो हतियार दाउ थान -२, परेकोमा उक्त नगद, झोला तथा नागरिकता बरामद गरीएको एवं निजले घटना घटाउँदा लगाएको कपडा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं २६ सिसै स्थित खेतमा पानीको घोलभित्र लुकाई छिपाई राखेको अवस्थामा कट्टु थान -१, टिसर्ट थान-१ तथा जुत्ता १ जोर, कालो कलरको मास्क थान -१, पंजा थान -१ तथा बोरा नजिक ANG HELMETS लेखिएको कालो कलरको हेल्मेट थान -१ फेला परेकोमा उक्त सरसमानहरु सहित निजलाई पक्राउ गरी डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *