चुरे ध्वस्त पार्न पाइदैन मरूभूमिकरण गर्ने नीति चाहिदैन भन्ने नारा सहित कार्यक्रम सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई

बिरगन्जबाट मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय बैठक बिरगन्जमा जारी २६ औ राश्ट्रीय परिशद बैठक २० -२१ पुस मा बिरगन्जको क्लासिक बैङकुटमा चलिरहेको छ । आज नै दिउसो ठीक ०१:०० बजे क्लासिक बैकुटबाट र्याली शुरु भैइ घण्टाघर हुदै बिरगन्ज बजार परिक्रमा गरी पुन क्लासिक बैकुटमा नै आई र्यालीको समापन भएको थियो । चुरे ध्वस्त पार्न पाइदैन मरूभूमिकरण गर्ने नीति चाहिदैन भन्ने नारा सहैत क्लासिक बङकुटमा दिउसोको ठीक ०२:०० बजे उद्घाटन शत्रको कार्यक्रम शुरु भएको छ । मानव होस वा भगवान समय सबैभन्दा बलवान भन्ने भवना तथा उद्गारमा गोलमेच तरिकाको मन्च ब्यबस्थापन सहित सिमान्तक्रित तथा जेश्ठ नागरिक,एकल महिला , फरक समूदायका महिलाबाट मैनबत्ति बाली उद्घाटन कार्यक्रम गरिएको थियो । दिउसो ठिक ०१:०० बजे शुरु भएको उक्त क्र्यालीमा भ्रस्टाचारमा शिर्श नेताहरूको सहमति, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिन्हा, सद्भाव, सहिश्णुता, भ्रटाचारको धामिराले लोकतन्त्र खाइसक्यो, एनसेल घोटालामा बिश्वसनीय न्यायीक छनबिन आयोग गठन होस, शीर्श नेता मिलेका अरब, खरब निलेका जस्ता प्ले कार्ड, ब्यानर सहितको र्यालीमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सस्थापक सभापती कृश्ण पहाडी, वर्तमान सभापति रामकृश्ण बराल पूर्ब सभापतिहरू केन्द्रीय पदाद्गिकारीहरू र सबै जिल्लाका प्रतिनिधि, पर्यबेक्षक, सुभेक्षुक लगायत बिरगन्जका स्थानीयबासीहरूको समेत सहभागितामा यो र्याली सम्पन्न भएको थियो । २ प्रस्ताबहरू पारित गरी यो परिशद बैठक सम्पन्न हुनेछ ।