माडीका नेता नारदमणी पौडेल चितवन क्षेत्र न ३(ख) का लागि पार्टी बाट सिफारिस
नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३(ख) बाट माडीका नेता नारदमणि पौडेललाई उमेदवारको रुपमा सिफारिस गरेको छ ।
भरतपुर २२, पटिहानीमा सम्पन्न सो पार्टीको निर्वाचन क्षेत्र क र ख को संयुक्त बैठकले माडीका नेता पौडेललाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा उम्मेदवार सिफारिस गरेको हो । नेता पौडेलसंगै मान बहादुर विश्वकर्मा, रामजी सापकोटा र बिष्णुराज महतोलाई उम्मेदवार सिफारिस गरिएको पार्टी श्रोतले जनाएको छ ।
यसअघि, सो पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाललाई सर्वसम्मत चयन गरेको थियो ।