नेपाली काङ्ग्रेस चितवनले प्रेस विज्ञप्ति करको दायरामा रहेर वृद्धि गर्न नगरपालिकालाई अनुरोध

Spread the love

नेपाली काङ्ग्रेस चितवनले जिल्ला सभापति श्री राजेश्वर खनालद्वारा हस्ताक्षरित बिज्ञपति निकालेर चितवन जिल्ला, बिशेष गरी भरतपुर महानगरपालिका क्षेत्र भित्र व्यावसाय संचालन गरी बसेका उद्योगी, व्यावसायी तथा व्यापारीहरुबाट महानगरपालिका/नगरपालिकाहरुले सन्तुलित विकास र समृद्धिका साथै सुशासन युक्त उद्योग र व्यावसाय मैत्री वातावरण तयार गर्ने आम नागरिकको अपेक्षा विपरित उद्योगी, व्यावसायीहरुबाट दोहोरो कर असुल्ने र करको दरमा उच्च वृद्धि गरेको भन्ने जन-गुनासो प्राप्त भएको सन्दर्भमा नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनले दिएको अख्तियारी भन्दा बाहिर गएर व्यक्तिगत प्रभाव र समूहगत हितको लागि उद्योग, व्यावसाय र उत्पादित वस्तु तथा सेवाको विज्ञापन गर्ने उद्धेश्य नभई विशुद्ध व्यावसायको परिचय दिने प्रयोजनका लागि व्यावसाय रहेको घर वा सटरमा राखिएका जुन सुकै प्रकृतिका श्रव्य-दृश्य तथा श्रव्य सामाग्रीहरुमा कर असुल गर्नु प्रचलित कानुन विपरित भएको ठहर गर्दछौ ।
कानुनको परिपालना गर्ने/गराउने र जनतालाई सुशासनको प्रत्याभूति दिनु पर्ने स्थानीय सरकार नै उद्योगी, व्यावसायी र व्यापारीहरुलाई कर असुलीको नाममा आतङ्कित पार्ने, दोहोरो कर प्रणाली र करका दरमा उच्च वृद्धि गर्ने कार्यमा उद्धत हुनु निश्चय नै लोक कल्याणकारी राज्यको मर्म र भावना विपरित ठहर्दछ । विश्वमा फैलिएको कोभिड महामारीले गर्दा अर्थतन्त्रमा छाएको मन्दीले अझै पनि उठ्न नसकेको उपरोक्त क्षेत्रलाई सभ्य, सरल र व्यावसायिक मर्यादा अनुरुप सौहार्द्धपूर्ण वातावरण सिर्जना गरी स्थानीय सरकारको सहयोगी भुमिका हुनु पर्नेमा कर असुलीको नाममा त्रासादीपूर्ण अवस्था सिर्जना हुन अन्यन्तै दुखद् र निन्दनीय छ । अतः करको दर हेरफेर, करको क्षेत्र निर्धारण र कर असुली लगाएतका बिषयहरुका सम्बन्धमा छलफल, निर्णय र समस्याको निरुपण सर्वदलीय एवम् सर्वपक्षीय सहमतीबाट गर्न र अव्यवहारिक कर असुली प्रकृया हाललाई रोकी सहमतीको वातावरण निर्माण गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको निर्णयानुसार यसै विज्ञप्ति मार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै कर असुली प्रणाली सम्बन्धि सिर्जित समस्या समाधानका लागि हार्दिक आव्हान गर्दछौ भनी भरतपुर महानगरपालिकासङ्ग अनुरोधका साथमा बिज्ञपति निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *