आफ्नै चुनावी क्षेत्र नम्बर २ (संघतर्फ)चितवनबाट उम्मेद्बारी उठ्ने तयारीमा जित नारायण श्रेष्ठ

Spread the love

उमेदवारहरूले आ आफ्नो चुनावी क्षेत्रको आकान्क्षा राख्ने क्रम जारी छ । नेपाली काङ्ग्रेस चितवन जिल्लाका पर्खरबक्ता, निवर्तमान सभापति श्री जित नारायण श्रेष्ठले पनि आफ्नै चुनावी क्षेत्र नम्बर २ (संघतर्फ) चितवनमा उम्मेद्बारी रहने जानकारी दिनुभयो ।
आगामी मंसिर ४ गते हुन गईरहेको संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचनको घोषणा सरकारबाट भएसङ्गै देशभर चुनावी माहोल बढ्दै गईरहेको छ । त्यसमा पनि चितवन जिल्ला अछुतो रहन सक्दैन । चितवन पहिल्यैदेखि नेपाली काङ्ग्रेसको पकडक्षेत्र/बाहुल्यक्षेत्र रहदै आएको कारण, देशभरबाट बसाइँसराइ गरी ७८ औं जिल्लाको रुपमा विकसित भएको कारण, बुद्धिजीवीहरूको केन्द्र भएको, मेडिकल सिटिको रुपमा विकसित हुँदै गएको तथा देशकै केन्द्रमा पर्ने भएको कारण पनि चितवन जिल्लाको चुनावी सरगर्मी अरु जिल्लाको भन्दा अगाडि नै रहने गर्छ ।
त्यसै माथि चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोर घर हुनुभएका पर्खरबक्ता, युवाहरूका ढुकढुकी, लोकप्रिय, बिकासप्रेमी, समाजसेवी, निवर्तमान जिल्ला सभापति श्री जित नारायण श्रेष्ठको उम्मेद्बारीको चर्चाले शीखर चुम्नु अस्वभाविक होईन । ने. बि. संघ देखि क्रमशः चितवन काङ्ग्रेसको विभिन्न तह र तप्कामा काम गर्दै जिल्ला सभापतिबाट भर्खरै निवर्तमान हुनुभई केन्द्रीय सदस्यको प्रत्यासी समेत रहनुभएका श्री जित नारायण श्रेष्ठ आफू हारेर पनि आफ्नो क्षेत्रका साथीहरूलाई केन्द्रीय सदस्यसम्म जिताउनु भएको छ। कुशल सङठकको रुपमा चर्चामा आई सक्नुभएका श्रेष्ठ समाजको बिकास र समृद्धिको क्षेत्रमा पनि त्यति नै अगाडि हुनुहुन्छ ।
चुनावी दौरानमा हाल गठबन्धनको अन्तिम निर्णयका लागि छलफल भईरहेको अबस्थामा चितवन क्षेत्र नम्बर २ (संघतर्फ) नेपाली काङ्ग्रेसको नाममा पर्न सक्ने र यहाँको चर्चित तथा चितवन जिल्लालाई राम्रोसँग बुझेको सम्भाब्य उमेदवारको रुपमा उहाँले आफूलाई उभ्याउनु भएको छ । चिरफार खबर पत्रीकाका सम्बादाता श्री पूर्ण चन्द्र चापागाईंसङ्ग कुराकानी गर्दै यसै क्षेत्रको ब्यक्ति भएको हुँदा चितवन क्षेत्र नम्बर २ नै आफूले रोज्ने पनि बताउनु भयो । सबैकुरा पार्टीबाट निर्णय नभैसकेको हुँदा बाकी कुराहरू गठबन्धन तथा पार्टीको निर्णय पछि नै भन्न सकिने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *