बरण्डाभार वन संरक्षित क्षेत्र वरिपरि बन्दैछ फोहोरको डङ्गुर
दिनदिनै प्रत्येक बस्तीमा घरहरू थपिदैछन । क्रमिक रुपमा बिकासले कुनै न कुनै रुपमा आफ्नो गति अगाडि बढाउन खोजेको भान हुन्छ । प्रत्येक टोल, वडा तथा नगरक्षेत्रहरूका घरहरू, कलकारखाना लगायतका व्यावसायिक क्षेत्रबाट पनि आ आफ्नै किसिमले फोहोर निस्कने काम भईरहेको छ ।
नगरपालिकाले समयसमयमा फोहोर ब्यबस्थापनको लागि गाडी पनि पठाएको देखिन्छ तर पनि जङ्गलको छेउछाउ क्षेत्रमा गएर हेर्दा लाग्छ फोहोर ब्यबस्थापन गर्ने क्षेत्र नै यही रहेछ । त्यसै शिलशिलामा भरतपुर – पदमपुर रोडमा पर्ने नवजागृती वन उपभोक्ता समूह र पूर्ब पश्चिम राजमार्ग टिकौली क्षेत्रको सडक वरपर हेर्दा फोहोरको अबस्था त्यस्तै देखिन्छ । नवजागृती वन उपभोक्ता समिति अध्यक्ष श्री देव कुमार गुरुङ र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृतसङ्ग यस बारेमा जिज्ञासा राख्दा ३ महिना पहिले यस्तै अबस्था आएकोले नगरपालिकासङ्ग ट्रक मागी १० ट्रक फोहोर ब्यस्थापन गरेको, त्यसपछि बरण्डाभार अन्तर्गतका समितिहरूले जन चेतना जगाउने काम गर्दै गरेको र वन कार्यालयले फोहोर फाल्नको लागि कन्ट्रोल गराउने, कारबाहीका लागि सोच बनाई रहेको, NPNC सङ्ग सम्पर्कमा रही बजेटको ब्यबस्थापन गरि सि सि टि भि राखी मोनिटरिङ्ग गर्ने ब्यबस्था गर्ने ब्यबस्था गर्न लागेको, रातिमा हेरालु राख्नको लागि तयारी गर्दै गरेको बताउनुभयो । रातिमा ल्याएर फल्ने प्लास्टिकजन्य फोहोर, मेडिकलजन्री फोहोर, कुखुरा व्यावसायिकको फोहोर, केरा व्यावसायिकको फोहोर पनि त्यहाँ देखिने गरेकोले रातिको फ़ोहोर कन्ट्रोल गर्न सि सि टि भि र हेरालुको ब्यबस्था गर्ने र पत्ता लागाउन सकिएपछि आवश्यक कारबाहीको ब्यबस्था गर्दै छौं भनी जानकारी दिनुभयो ।