संघिय क्षेत्र नं २ चितवनबाट स्वतन्त्र उम्मेदवार- देविका कुवर
योजनाहरु
१ .किसानमैत्री नीति र कार्यक्रममा पहल यस्तो हुनेछ ।
कृषिको स्थानीयकरण गर्ने।
वास्तविक किसानकाे पहिचान ।
भूमिकाे लगत संकलन ।
किसानलाई प्रत्यक्ष अनुदान, अनुदानकाे उपयाेगमा कडा अनुगमन ।
बजारीकरणकाे सुनिश्चितता , (किसानका सहभागीतामा मूल्य,विचाैलियाकाे अन्त्य
मल, बीउ र सिचाइकाे सुनिश्चितता ।
कृषि मजदुरकाे बीमा र स्वास्थ्य उपचारकाे सुनिश्चितता ।
कृषि क्षेत्रकाे अनुसन्धान, कृषि विश्व विद्यालय र नार्ककाे परामर्शमा।
कृषककाे अात्मसम्मान र व्यवसायीक क्षमता अभिवृद्धि कृषक सम्मान अभियानात्मक कार्यक्रम ।
२. सैद्धान्तिक शिक्षा प्रणाली भन्दा व्यवहारिक शिक्षा प्रणालीमा जोड गर्न
३.नेपालीमै उत्पादन हुने बस्तुहरुले विशेष बजारीकरण पाउन
४.देशको अर्थतन्त्र सुदृढीकरण गर्न बैज्ञानिक ढङ्गबाट रिसर्च गर्न र कार्यन्वयन गर्न
५.आन्तरिक पर्यटन सँगै बाह्य पर्यटन भित्र्याउन पहल गर्न।
६. देश भित्रै युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न
७. महिला सशक्तीकरणको लागि राज्यले गरिरहेको पहललाई निरन्तरता दिन
८. शिक्षा र स्वस्थ्य उपचारमा निशुल्क गराउन।
९ राजनीति र प्रशासनिक प्रणालीको पुनर्गठन गरि शुसाशन ल्याउन
१०. निश्चित उमेर किटान गरि राज्यले बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र खानपानमा पुर्ण जिम्मेवारी लिन
११. फोहोर व्यवस्थापनमा फोहोर उत्पादक स्वयमले व्यवस्थापन पश्चात् मात्रै स्थानीय निकाय जिम्मेवार गराउन
यी बुँदाहरुको व्याख्यात्मक विश्लेषण पश्चात् अवश्य मुल्यांकन गरिदिनु हुनेछ।
आज सम्म सबैले यस्तै योजनाहरु ल्याउनु भएको छ, योजना ल्याउनु ठूलो कुरा होइन भोलि आफु निर्वाचित भएको खण्डमा त्यसलाई कार्यन्वयन गर्नु ठूलो कुरा हो।
सकभर योजना भनेको जनता विचको अन्तरक्रियाबाट आएको हुनुपर्छ किनकि जनताले आफ्नो आवश्यकता र समस्या भनेपछि मात्रै योजना र नीति निर्माण हुनुपर्दछ।
मलाई सिकाउने पनि हजुरहरुनै हो मार्गदर्शक गराउने पनि हजुरहरुनै हो, मेरो मन र मष्तिस्कले भ्याएका योजनाहरु यिनै हुन् हजुरहरुले सल्लाह र सुझाव दिनु भए आभारी हुनेछु।
म पुर्ण अनुभवी हैन अनुभव लिन नै जाँदैछु।
नोटः मेरो जति पनि त्रुटी सच्याउने जिम्मा हजुरहरुको हुनेछ।