नेकपा एकिकृत समाजवादीले आगामी प्रतिनिधी सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्वर १ का लागि उम्मेदवार छनौट
खैरहनी । नेकपा एकिकृत समाजवादीले आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्वर १ का लागि उम्मेदवार छनौट गरेको छ । समाजवादी क्षेत्र नम्वर १ को बुधवार खैरहनीको पर्सामा भएको भेलाले चितवन १ बाट प्रतिनिधी सभाका लागि कृष्णप्रसाद खनाललाई सर्वसम्मत चयन गरेको हो ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका खनाल प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री पनि हुन् । भेलाले प्रतिनिधी सभाको समानुपाति साँसदमा चण्डिका ढकाल, हेमन्त सेढाई र उदयचन्द्र अर्यालको नाम प्रस्ताव गरेको एकिकृत समाजवादी चितवनका सचिव कुलप्रसाद लामिछानेले जानकारी दिए ।
त्यस्तै चितवन १ मा प्रदेश साँसदका लागि भने आकांक्षी धेरै देखिएका छन् । प्रदेश १ क बाट कुवेरसिंह लामा, हेमन्त कडेंल, बाबुराम पाठक, वालकृष्ण लोहनी र वुद्धिमाया श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेश १ ख बाट भने आकांक्षी १२ जना देखिएका छन् । जसमा अहिलेका साँसद कृष्ण खनाल सहित रहेका छन् । प्रदेश साँसदका लागि केपी लामिछाने, शुसिला लामिछाने, सकुन्तला अधिकारी, विष्णु भण्डारी कट्टेल, अर्जुन ढकाल, राजेन्द्र हमाल, निर्मला खड्का, विष्णुप्रसाद लम्साल, दुर्गादत्त अर्याल, हिरा वहादुर गुरुङ्ग र पार्वती घिमिरेको नाम सिफारिस गरिएको छ । सिफारिस नामलाई जिल्ला कमिटिले माथिल्लो कमिटिमा सिफारिस गर्नेछ ।
समाजवादी पनि केन्द्रिय गठवन्धनमा रहेकाले सिट वाँडफाँडमा कस्ले पाउँछ त्यो पछि निर्णय हुनेछ । समाजवादीले चितवन क्षेत्र नम्वर १ आफुले पाउनु पर्ने दावी गर्दै आएको छ । प्रतिनिधी सभाका लागि सिट नपाउने अवस्था रहेमा प्रदेश १ ख का लागि वर्तमान साँसद खनालको नाम पनि सिफारिस गरिएको छ । प्रदेश वा संघको सिट पाएमा खनालनै उम्मेदवार हुने संभावना धेरै छ ।