नवजागृती वन उपभोक्ता समूहको तिज गीत प्रतियोगिता कार्यक्रम २०७९ सम्पन्न
नव जागृती वन उपभोक्ता समूहले नेपाली महिलाहरूको महान चाड हरितालिका (तिज) को अवसरमा “सामूदायीक वन तथा वन्यजन्तु संरक्षण” शिर्षकमा आयोजना गरेको तिज गित प्रतियोगिताका प्रमुख अतिथि डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत श्री लोकराज नेपाल हुनुहुन्थ्यो । उक्त कार्यक्रम नव जागृती वन उपभोक्ता समूहको कार्यालय परिसर भरतपुर -११ चितवनमा भएको प्रतियोगितामा जम्मा २१ समूहहरूसहभागी थिए ।
१- ज्ञानज्योति टोल बिकास सस्था
२- कोलटाडी टोल बिकास सस्था
३- गणेशस्थान टोल बिकास सस्था
४- जन जागृती टोल बिकास सस्था
५- बसेनी टोल बिकास सस्था
६- मुक्तिनगर टोल बिकास सस्था ( आमा समूह )
७- सामना टोल बिकास सस्था
८- पोखरी टोल बिकास सस्था (आमा समूह )
९- गोर्खाली टोल बिकास सस्था (आमा समूह )
१०- श्री सिद्दिबिनायक टोल बिकास सस्था
११- नयाँ किरण टोल बिकास सस्था ( आमा समूह )
१२- नव जीवन टोल बिकास सस्था ( आमा समूह )
१३- पारदर्शी टोल बिकास सस्था
१४- जनोदय टोल बिकास सस्था
१५- प्रगतिपथ टोल बिकास सस्था
१६- निलगिरी टोल बिकास सस्था
१७ मृगकुन्ज टोल बिकास सस्था
१८ कैलाश टोल बिकास सस्था
१९ दिपज्योती टोल बिकास सस्था
२० लामा टोल बिकास सस्था
२१ सिद्धार्थ टोल बिकास सस्था
लगायतको सहभागिता रहेको थियो ।

प्रथम हुने दिपज्योती टोल बिकास सस्थाले रू. दस हजार रुपैयाँ, द्वितीय हुने सिद्दिबिनायक टोल बिकास सस्थाले रु. सात हजार रुपैयाँ, तृतीय हुने गणेशस्थान टोल बिकास सस्थाले रु. पाँच हजार रुपैयाँ र तीन समूहहरू ( लामा टोल बिकास सस्था, गोर्खाली टोल बिकास सस्था र नयाँ किरण टोल बिकास सस्था) ले सान्त्वना स्वरुप र. दुई हजारका दरले नगद तथा सम्मान पत्र प्राप्त गर्नुभएको छ त्यस्तै सहभागी सबै टोल बिकास सस्थालाई पनि सहभागीको प्रमाणपत्र दिईएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डिभिजन वन अधिकृतले सामूदायीक वन समूह वरण्डाभार क्षेत्र भित्र पर्ने भएको हुँदा जैविक तथा वन्यजन्तु लगायतका प्राणी र वनस्पतिहरू त्यसैभित्र पर्ने हुने भएको हुँदा यसले नै वातावरण संरक्षणमा योगदान पुर्याउने हुँदा संसारभरको चासो यसैमा रहेकोले यसलाई जोगाई राख्नुपर्ने दायित्व हामी सबैको हो ।
त्यसैगरी देश बिकासको चरण्ले घर निर्माणदेखि हरेक निर्माणले ताल/तलैया, पोखरी, सीमसार क्षेत्र, कुवा, इनारका जल सतह घट्दै गई तलतल गईरहेकोले यो जल सतहलाई बढाउनको लागि बनजङ्गल तथा वातावरणको संरक्षण गरि अघिल्लो पुस्ताबाट पाएको स्व्च्छ वातावरणलाई अझ राम्रो र ब्यबस्थित गरी पुस्तान्तरण गरी भावी पुस्तालाई जिम्मा लगाउनु हाम्रो कर्तव्य हो भन्नुभएको थियो ।
उक्त कार्यक्रममा सस्थाका अध्यक्ष श्री देव गुरुङको अध्यक्षतामा भएको थियो, कार्यक्रम संचालन सस्थाकी सचिब तथा कार्यक्रम संयोजक श्री बिष्णु कुमारी शर्माले गर्नुभएको थियो । स्वागत भाशण सस्थाका उपाध्यक्ष श्री नारायण के. सी. (खड्का ) ले गर्नुभएको थियो भने भरतपुर महानगर पालिका वडा नम्बर ११ का वडाध्य्क्ष श्री कमल बहादुर मल्लले हामीले पुस्तान्तरणबाट पाएको तीजको सस्कार हिजो र आज समय अनुसार परिवर्तन हुँदै आएको छ तर तडकभडक र खर्चिलो हुँदै जानू भने राम्रो होइन भन्नुभएको थियो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथि तथा अतिथिहरूमा सल्लाहकार श्री ज्ञानेन्द्र गिरी, पूर्ब वडाअध्यक्ष श्री बाबुराम अधिकारी, कानुनी सल्लाहकार अभिवक्ता श्री पूर्ण चन्द्र चापागाईं, ने. क. पा. एमाले भरतपुर -११ अध्यक्ष श्री प्रकाश आचार्य, नेपाली काङ्ग्रेस भरतपुर – ११ का सभापति श्री अमर बहादुर लामा, ने. क. पा. माओवादीका वडा प्रतिनिधि शालिग्राम सापकोटा, सस्थाका पूर्ब अध्यक्ष श्रीप्रकाश कडेल, श्री पुस्तक गौतम लागायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा सहभागी दर्शक लगायत भरतपुर -११ का प्रबुद्ध बर्ग लगायतको ओझिलो उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
