नेपाल बन्दको प्रभाव क्रमिक रुपमा बढ्दो

Spread the love


चितवन जिल्लाका मुख्य बजारहरू नारायणघाट, चौबिसकोठी, बिशालचोक, हाकिमचोक, केन्द्रीय बसपार्क चोक लगायतका क्षेत्रमा हेर्दा बिगतका दिनहरू भन्दा बढी नै बन्दको प्रभाव परेको देखिन्छ । सामान्य दुई पाङ्ग्रे, तीन पाङ्ग्रे बाहेकका गाडीहरूमा केही ट्रकहरू र प्राइभेट गाडीहरू चलेका देखिन्थे तर सार्बजनिक तथा भाडाका गाडीहरू भने चलेको देखिन्दैनथ्यो । पहिले दिनभर ब्यस्त रहने सडक सामान्य बाहेक सुनसान नै हुन कि भन्ने भान हुन्थ्यो ।
भदौ ५ गते क. बिप्लब महासचिव ( नेकम्युनिस्ट पार्टी ), क. श्रुशी कट्टेल अध्यक्ष (नेपाल कम्युनिस्ट पार्टी ), क. आहुती महासचिव ( बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल)क. कर्णजीत बुढाथोकी “सुशील” ( नेकपा माओवादी समाजवादी) का नामबाट हस्ताक्षरित सूचनामा नेपाल बन्दको कार्यक्रम सहयोग गरिदिनु हुन भनी राश्टिय स्वाधीनता माथिको हस्तक्षेप, जनतन्त्र, जनजीबिका, असीमित मूल वृद्धि, कालोबजारी, भ्रष्टाचार, कमिशनखोर, तस्करीका बिरुद्धमा २०७९ भाद्र ७ गते नेपाल बन्दको आयोजना गरिएको भनी सार्बजनिक सूचना फेसबूक मार्फत प्रेसित गरिएकोमा सायद नेपाली जनताले पनि सरकारका दैनिक कृयाकलापलाई हेर्दै जादा बन्द नै बिकल्प देखेर हो वा एम सि सि, एस पि पि, नागरिता बिधयक, मूल्य वृद्धि, हत्या, बलात्कार, बिकृति जस्ता कुरामा सरकारले गरेका कामकारबाहीमा चित्त नबुझेर हो पसलहरू पनि दैनिक भन्दा खुल्ला कम थिए, सरकारी कार्यालयमा सेवाग्राहीको चाप पनि केही कम देखिन्थे । आउदा दिनमा सरकार वा बन्दकर्ता बीचमा आमनेसामने वार्तालाप होस बन्द समाधान होईन समस्याका कारण आएको बन्द हो यसको जतिसक्दो छिटो समस्याको समाधान खोजियोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *