नेपाली काङ्ग्रेसका नेता श्री उत्तम जोशीको दाबेदारी चितवन संघीय क्षेत्र नम्बर २ मा
चितवन काङ्ग्रेसमा सुझबुझ सहित शान्त प्रकृतिका युवा जोस र जागरका प्रतीक, शालीन, सादगी, मृदुभाशी र सबै बीचमा लोकप्रिय नेताको रुपमा आफूलाई अब्बल साबित गर्नुभएका श्री उत्तम जोशीले आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा चितवनको संघीय क्षेत्र नम्बर २ मा आफूले पार्टीको तर्फबाट आधिकारिक उम्मेद्बारी पाउनुपर्ने दाबी राख्नुभएको छ ।
यसै शिलशीलामा तथा सादगी, विद्वान, आदर्शवादी र राजनैतिक/सामाजिक विशेषक नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न र केन्द्रीय पार्टी पङ्तिलाई आफ्ना बिचार मार्फत आफ्नो दाबेदारी समेत राख्न हाल काठमाडौमा ब्यस्त हुनुहुन्छ । भरतपुर – १० निवासी जोशीले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा आफू पनि चितवन जिल्लाको नेपाली काङ्ग्रेस पार्टी सभापतिको प्रत्यासी भए पनि सम्मानजनक मत सहित तेस्रो हुनुभएकोमा, मतको आधारमा पहिलो हुनुहुने श्री राजेस्वर खनालले चितवन जिल्लालाई हाक्ने जिम्मेवारी पाउनुभएको र दोश्रो हुनुहुने माननीय मन्त्री श्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार अन्तर्गत उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा अवसर पाउनुभएको छ भने तेस्रो तथा सम्मानित मत ल्याउने उहाँ उत्तम जोशीले पार्टीको तर्फबाट कुनै आधिकारिक जिम्मेवारी नपाउनु भएको हुँदा यस पटक पार्टीको तर्फबाट आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उमेदवार हुन पाउनुपर्ने तर्क सहितको दाबी रहेकोे कुरा चिरफार खबर डटकमका पत्रकार श्री पूर्ण चन्द्र चापागाईंलाई आफ्नो दाबी व्यक्त गर्नुभएको थियो ।
२०४८ सालदेखि नै ने. बि. संघको राजनैतिक जीवनमा होमिनुभएका उत्तम जोशी ने. बि. संघको ईतिहासमा बाल कुमारी कलेजको सभापति, चितवन जिल्ला सभापति र केन्द्रीय सदस्यसम्म बन्नुभएको थियो । त्यस्तै नेपाली काङ्ग्रेसको पार्टीको वडा तहको सभापतिदेखि क्रमशः जिल्ला सचिब हुँदै हालै सम्पन्न १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै चितवन जिल्ला सभापतिको प्रत्यासी उमेदवारको रुपमा आफूलाई उभ्याईसक्नु भएको छ।
उहाले सामाजिक उत्तरदायित्व बहन गर्दै टोल सुधार समितिको अध्यक्षदेखि लिएर २००६ मा नेपाल जेसिसको भरतपुर शाखा अध्यक्ष, २०११ मा राश्टृय उपाध्यक्ष लगायत नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखा अध्यक्ष र आजिवन सदस्य, नेत्र ज्योती संघको आजीवन सदस्य, क्षयरोग निवारण संघ आजीवन सदस्य, क्यान्सर समाजमा अध्यक्ष समेत रही काम गरीसक्नुभएको छ ।
त्यस्तै समाज सुधारतर्फ भरतपुर महानगर पालिकामा भएकाे भ्रस्ट्रचारकाे बिरोध गर्ने, स्थानीय तथा प्रदेश सरकारबाट भएका अनावश्यक कर वृद्धिको बिरोध अभियानहरू सन्चालन गर्ने गर्दै आउनुभएको छ ।
उहाँका अनुसार भ्रष्टाचार लगायतका सामाजिक बिकृती निर्मूल पार्न पार्टी टिकट दिदा सही ब्यक्तिलाई दिनसक्नुपर्ने र गलत ट्र्याकमा गएको राजनीतिलाई सबैले आ आफ्नो अल्तिलाई सच्याएर, आफ्नो चिन्तन परिवर्तन गरेर मात्र गर्न सकिने, प्रदेश खारेज तथा समानुपातिक प्रणालीको खारेजीको बारेमा पार्टीको नीति नियममा चल्ने प्रणाली भएको हुदा यसको गहन छलफल पार्टी भित्र हुनुपर्ने जनताका आवाजलाई के कसरी हुन्छ समाधान तर्फ जानु पर्ने हुन्छ । संघीयता नराम्रो होईन तर यसलाई धेरै महङ्गो र खर्चिलो बानाइयो यसको समाधान खोजिनुपर्छ । समानुपातिक प्रणालीमा पनि नियम अनुसार चल्न सक्ने प्रणालीको अवलम्बन गर्दा राम्रो हुन्छ ।
नेपाली काङ्ग्रेस पार्टी चितवनका सबैभन्दा कम बिबादीत, आवस्यक पर्ने समस्याको समाधान समयसीमाभित्रै निकाल्न सक्ने, जस्तै कठिन घडीमा पनि शान्त रही उचित निर्णय दिन सक्ने, सबै सबैको मन र मस्तिष्कमा घर गर्न सफल नेताको रुपमा चितवनबासी बुद्धिजीवी, समाजसेवी तथा आम सर्बसाधारणले गर्व गर्न लायक नेताको रुपमा छवि बनाउनुभएका उहाँको उम्मेद्बारीको दाबीरहेको पुनः दोहोर्याउनुभयो ।
अन्त्यमा निर्वाचन भनेको जनतालाई जनताले शासन गर्ने प्रणाली हो, यसमा समानुपातिक प्रणाली तथा संघीय प्रणालीहरू जनताका माझमा निकै धेरै प्रश्नहरू उठीरहेको अबस्थामा जनताबाट अनुमोदन गराउनु श्रेयस्कर हुन्छ । भ्रष्टाचार, बलात्कार लगायतका समस्याको समाधान सरकारबाट आउन नसक्दा पटकपटक जनताले नयाँ नयाँ प्रणालीको खोजी गर्दै पटकपटक ब्यबस्था परिवर्तन गरेको कुरालाई बिर्सनु हुदैन ।