नेपाली काङ्ग्रेस चितवनले हरितालिका तिजको अवसरमा तिज बिशेष (दर खाने) कार्यक्रमको आयोजना

Spread the love

नेपाली काङ्ग्रेस चितवनले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा तिज बिशेष (दर खाने) कार्यक्रमको आयोजना गरेको कुरा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवन महिला बिभागबाट प्रेषित सूचनामा जनाएको छ ।
उक्त कार्यक्रम २०७९ साल भदौ १० गते बिहान ठिक ११:०० बजेबाट उद्योग बाणिज्य संघ परिसर नारायणगढमा राखिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सह महामन्त्री डिना उपाध्याय, बिशिस्ट अतिथिहरू नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य माननीय उमा रेग्मी, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य शान्ति परियार रहनुहुनेछ भन्ने जानकारी गराइएको छ ।