स्वास्थ्य राज्यमन्त्री माननिय उमेश श्रेष्ठ ज्यूलाई सम्मान
नेपाली काग्रेस जिल्ला कार्य समिती द्वारा माननिय स्वास्थ्य राज्य मन्त्री श्री उमेश श्रेष्ठ ज्यु लाई एक समारोह बिच स्वागत तथा सम्मान गरिएको छ । उक्त कार्यक्रम नेपाली काग्रेस जिल्ला सचिव उत्तम जाेशिले उत्घाेषण गर्नु भएकाे थियाे । चितवनकाे जनताकाे स्वास्थ्यकाे विषयमा ध्यान आकार्षण गराउनु भयाे । क्यान्सर हस्पिटलमा क्यान्सर राेगीले पाउने सुबिधा एक लाखबाट तिन लाख पुर्याउन मन्त्री ज्यूलाइ अनुराेध गर्नु भयाे, भने स्वागत मन्तब्य चितवन जिल्ला उप सभापति श्री कैलाश कोइराला ज्यु ले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको बिशेष माननीय स्वास्थ्य राज्य मन्त्री श्री उमेश श्रेष्ठ ज्युलाई सम्मान सँगै बिपी कोईराला मेमोरिएल क्यान्सर अस्पताल को बिकास तथा समुन्नति र राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान चितवन मै स्थापना को लागि प्रतिबध्दता जनाउनु भयो । यसका साथ साथै जनताकाे स्वास्थ्य प्रति गम्भिर हुदै चाँडाे भन्दा चाँडाे सबै जनसमुदायहरूलाइ काेभिडकाे खाेप संगै उपलब्ध गराउने समेत ध्यानआकर्षाण गराउनु भयाे । नेकपा एमालेले खाेपमा गरेकाे अनिमियता र जनताले पाएकाे दु.ख प्रयाप्त खाेपकाे व्यवस्था गर्न मन्त्रि ज्यूलाइ ध्यान अआकर्षण गर्नु भयाे । यसै गरी पार्टीगत संगठन र जनताकाे स्वास्थ्यकाे विषयमा ध्यानाकषर्ण गराउदै आगमि दिनमा चितवन जिल्लाले केन्दिय सदस्यकाे लागी चितवन पार्टी एक भएर चुनाव लड्नु पर्ने र चितवनकाे कार्यकर्ताले विभिन्न पिडा खप्नु परेकाे र त्यसकाे सुनुवाइ केन्द्रले गर्नु पर्ने बताउनु भयाे । सम्मान कार्यक्रमकाे जिल्ला सभापति श्री जित नारायण श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भयाे ।