चितवन संघीय क्षेत्र न. ३ बाट तारा पौडेल को उम्मेद्बारी घोषणा

Spread the love

आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा चितवन संघीय क्षेत्र नम्बर ३ बाट उक्त क्षेत्रका एक योग्य,कर्मठ, प्रतिश्ठित, सादगी सामाजिक अगुवाको रुपमा आफूलाई चिनाउन सफल श्री तारा पौडेलले आगामी ५ बर्से संघीय सांसदको कार्यकालका लागि आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको छ । उहाले चितवन क्षेत्र नम्बर ३ को बिकास, समृद्धि र आगामी ५ बर्से कार्यकालमा देशकै नमूना क्षेत्र बनाउने अठोट तथा हिम्मतका साथको उम्मेद्बारी रहेको कुरा बताउनुभएको कुरा चिरफार खबरका श्री पूर्ण चन्द्र चापागाईंलाई बताउनुभयो ।
उमेरले ५४ बर्षमा चल्दै गर्नुभएको युवा जोस र जागर भएको नेपाली काङ्ग्रेसको राजनैतिक पृष्ठभुमि भएको नारायण शर्मा पौडेलको छोरा, शिव पौडेलको दाजु र भरतपुर महानगरपालिका वडा नम्बर २६ मिलनचोकमा घर भएका पौडेल उहाँकै सम्योजकत्वमा संचालित समृद्ध चितवन अभियानका नेतृत्वकर्ता समेत हुनुहुन्छ । उहाँका अनुसार जबसम्म आफ्नो जन्मभूमि र कर्मभूमिलाई विकसित र समृद्ध बनाउन सकिदैन तबसम्म अरु केही पनि काम गर्न सकिदैन । दृढ सङ्कल्प तथा प्रणका साथ अगाडि बढ्दै गरेका सादगी नेतृत्वले मात्र भ्रष्टाचार लगायतका समस्याको समाधान गर्न सक्छन, चुनावी मैदानबाट नै करोडौंको लगानी लगाएर चुनाव जित्ने जस्ता नेतृत्वले महङ्गी, भ्रष्टाचार, बेथिति लगायतका समस्या निम्त्याउनु बाहेक केही गर्न सक्दैन । चुनाव अगाडि जनतामूखी भाशण गर्ने जित पश्चात् नेतामूखी चरित्र देखाउने यो भन्दा अगाडिका नेता जी माननीयहरूबाट जनताका र राश्ट्रका समस्या हल हुन सक्दैनन् त्यसकारण नयाँ अवधारणा सहितका जनताको साथ र सहयोग समेतका परियोजना कार्यान्वयन गर्ने अवधारणा, ठोरी माडी केरुङ्ग हाइवेको अवधारणाका परिकल्पनाकार भरतपुरलाई समृद्ध महानगर बनाउन र भित्री बाहिरी रिङ्गरोड बनाउन र यसैको माध्यमबाट चितवन बिकासका सोचलाई अगाडी बढाउन समृद्ध चितवन अभियानबाट आफ्नो अवधारणा राश्टृय रुपमा अगाडि सार्नुभएका पौडेलले असल आचरणबाट नै बिकृत राजनीतिलाई सफा गर्न सकिन्छ भन्ने स्वच्छ बिचार सहित आउदो चुनावमा आफ्नो उम्मेद्बारी रहेको समेत बताउनुभयो । उहाले चितवन राश्टृय निकुञ्ज, नारायणी नदी, राप्ती, रीउ लगायत नदी खोलानाला सहित अनेकौं संभावना बोकेको चितवनलाई कृषि औधोगिकीकरण, शिक्षामा डिजिटलाइजेशन, प्राबिधिक शिक्षा, पर्यटन प्रबर्द्धन, हरेक स्थानीय निकाय तथा राज्यका समरचनाबाटा आ आफ्नै किसिमका आय आर्जनका माध्यम अपनाउन सकेमात्र जनताको करबाट मात्र राज्य चलाउने र जनतालाई अनावश्यक करको मारबाट मुक्त गर्न सकिन्छ भन्ने सोचको साथ अगाडि बढेको समेत बताउनुभयो ।
“नेपालको विकासको मोडेल,नेपालको जस्तै हुनुपर्दछ। हुन त हामीले विगतमा कतिपयले सिंगापुर जस्तो, कतिपयले स्विजरल्याण्ड जस्तो, कतिपयले अरु कुनै विकसित जापान जस्तो इत्यादि….!भन्ने पनि गरेका छौं तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ। हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो जाति बनोट हाम्रो अबस्थिती अनुसारनै त्यसैको अनुकूल नेपाली मोडेलको विकास हामीले गर्न सक्नु पर्छ।र त्यो विकासको वातावरण बनाउनका निम्ति हामीले भनेका छौं – उत्पादन अभिवृद्धि गर्ने; आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने; हामीले निर्यात प्रवर्द्धन गर्ने, आयात प्रतिस्थापन गर्ने। त्यस्ता उत्पादन कार्य भनेका छौं भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडी बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति उत्तर दक्षिण जोदने लोकमार्ग(ठोरी-केरुङ्ग लोकमार्ग लगायत)र हुलाकि लोकमार्गलाई औद्योगिक र ब्यापारीक मार्गको रुपमा निर्माण गर्ने, कला,संस्कृति, पत्रकारिता या विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निक्कै ठुलो भूमिका छ किनकि भौतिक विकासले मात्रैले पनि मानिसहरुको जीवन र समाज सुमधुर हुनसक्दैन भन्नुहुन्छ ।
अन्त्यमा देशमा भएका हरेक समस्याको समाधान चेतनशील नागरिकमा हुनुपर्छ के सही र के गलत हो त्यसलाई रजहासले जस्तै छुट्ट्याएर असल र सादगी नेतृत्व चयन गर्न सके मात्र देशका समस्याहरू (संघीयता ठिक कि बेठीक, भ्रष्टाचारका उन्मुलनका उपाय के के हुन सक्छन् , समानुपातिक प्रणाली ठिक कि बेठीक, बिकासमा अनियमितता किन त्यसको उपचार के, कृषि, शिक्षा, स्वास्थ्य, गास, बास र कपास लगायत)को पहिचान गरी त्यसको निराकरण गर्नेतर्फको एउटा कोशेढुङ्गा साबित हुनेथियो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *