The Art of Living सत्सङ्ग समूहले श्री कृष्ण जन्माश्टमीको उपलक्ष्यमा बिशेष सत्सङ्ग तथा गुरुपूजा गर्ने

Spread the love

हिन्दूहरूको बिशेष पर्वको रुपमा लिइने कृष्ण जन्म अश्टमीको अवसरमा भदौ ३ गते शुक्रबार The Art Of Living सत्सङ्ग जिल्ला समितिले बिशेष सत्सङ्ग तथा गुरुपूजा गर्ने भएको छ । उक्त कार्यक्रम भरतपुर बस टर्मिनल अगाडि (पुरानो चितवन जिमहल) मा बेलुका ०५:३० देखि हरिहर मन्दिर नारायणी किनारमा बेलुका ०४:३० देखि ०६:०० बजेसम्म गर्नेभएको छ । यस्ता खालका सत्सङ्ग कार्यक्रमले समाजमा रहेका बिकृती बिसङ्गती लगायतलाई कम गर्ने सहायक बन्नेछ यसले मानिसलाई नैतिक तथा स्वास्थ्यमा समेत सबल बनाई समाजलाई पूर्ण रुपमा सक्षम बनाउन सहयोग गर्दछ भने सस्कृतिलाई क्रमिक रुपमा जगेर्ना गर्दै आउदो पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउछ ।
श्री कृष्णको जन्म जन्म द्वापर युगको अन्त्यमा भाद्र कृष्ण पक्ष अश्टमी तिथि मध्यरातमा मथुराको जेलमा भएको थियो । जन्मदेखी नै लोककल्याणकारी विभिन्न चरणमा आफू मानवसेवामा रही मानवकै भेषमा बिष्णु भगवानले कृष्ण जी को अवतारमा धर्तीमा आई पुतुना, कङ्श लगायतका राक्षसरुपी अत्याचार, अन्याय , असत्यलाई पराजित गरि मानव जगतमा सत्य, त्याग र न्यायको भावनालाई जागृत गराउनुभयो ।यसैको सम्झनामा आज पनि हिन्दू धर्मावलम्बीले श्री कृष्ण अश्टमीलाई एक पर्वको रुपमा मनाउदै आइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *