बि •पि• काेईराला युवा नेतृत्व विकास मंच जिल्ला कार्यसमिति चितवनकाे साधारण सभा अधिवेसन सम्पन्न
बिश्वेस्वर कोइरालाका बिचारहरूलाई समाजको हरेक तह र तप्कामा पुर्याउने उद्देश्यका साथ गठन भएको बि. पि. कोइराला युवा नेतृत्व बिकास मञ्च जिल्ला कार्यसमिति चितवनको साधारणसभा / अधिवेशनले युवा ब्याक्तित्व श्री हरि लामिछाने ज्यूलाई सर्बसम्म्त अध्यक्ष पदमा निर्वाचित गरेको छ । चितवनका लोकतन्त्रवादी युवाहरूलाई संगठित र परिचालित गर्दै बि. पि. कोइरालाको बिचारहरूलाई चितवन जिल्लाको गाउँ गाउँमा र टोलटोलमा पुर्याउने सस्थाको उद्देश्य प्राप्तिको लागि गतिविधिहरू अगाडि बढाउने कुरा मञ्चका नवनिर्वाचित अध्यक्ष श्री हरि लामिछानेले बताउनुभयो । अधिबेशन मञ्चका जिल्ला कार्यसमितिका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा मञ्चका केन्द्रीय सभापति निलाकण्ठ रिजालली पनि प्रष्ट पार्नुभएको थियो ।
इतिहासको कालखण्डमा बि. पि. कोइरालाबाट व्यक्त बिचार, प्रतिपादित नीति र अवधारणाहरू आजको समयमा पनि हाम्रो लागि प्रेरक छन् , समसामयिक छन् र राश्ट्र निर्माणका लागि मार्ग निर्देशन गरिरहेका छन् । उहाँका बिचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढङ्गले बुझ्ने, विशेषण गर्ने र भावी पिढीको सपनासङ्ग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पङ्तिले निर्वाह गर्नुछ ।
त्यसैले लोकतन्त्रमा बिश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भबिस्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत समाजको नेतृत्व एवं ब्याक्तित्व बिकास गर्दै जननायक बिश्वेस्वर कोइरालाका बिचारहरूलाई समाजको हरेक तह र तप्कामा पुर्याउने उद्देश्यका साथ गठन भएको बि. पि. कोइराला युवा बिकास मञ्च गठन भएको कुरा नवनिर्वाचित अध्यक्ष श्री हरि लामिछानेले बताउनुभयो । उक्त अधिबेशन / साधारणसभा मञ्चका जिल्ला कार्यसमिति अध्यक्ष श्री नारायण प्रसाद सुबेदीको अध्यक्षतामा भएकोथियो भने कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष श्री निलाकण्ठ रिजाल, नेपाली काङ्ग्रेस चितवनका जिल्ला सदस्य श्री डा. बासुराज पाण्डे, नेपाली काङ्ग्रेस रत्ननगर उपसभापति कमलनाथ घिमिरे, नेपाली काङ्ग्रेस माडीका सचिब कपिल अधिकारी, युवा नेताहरू मेघनाथ सुवेदी, डा. कला पन्त, कमल अधिकारी, वसन्त गैरे, मन्दिप पोख्रेल, ओमकार सापकोटा, निराजन सापकोटा, रेशम भुजेल, राजन खत्री, सन्तोष अधिकारी लगायत अन्य युवा ब्याक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ग्रीन ह्यामलेट रिसोर्ट, भरतपुर – ५, चितवनमा श्रावण 31 गते भएको थियो ।