सूचना विभागले अब सम्पुर्ण सेवा अनलाइनबाटै दिने
-हेमराज बस्याल
नेपाल सरकार सञ्चार तथा सूचना प्राविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले अबदेखि आफ्नो सम्पुर्ण सेवाहरु अनलाइन मार्फत प्रधान गर्ने भएको छ ।
विभागले श्रावण ५ गते एक सूचना मर्मत उक्त कुराको जानकारी गरायको हो ।
सुचनामा भनियको छ ”विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि पत्र नवीकरण सम्बन्धी सम्पुर्ण कार्य, अनलाइन सन्चारमाध्यम दर्ता तथा नवीकरण कार्य अनलाइन बाट हुनेछ । श्रावण १० गते देखि उक्त सेवा सुरुहुने सुचनामा भनियको छ ।

अनलाइन बाट उल्लेखित सेवा पाउनको लागि www.doinepal.gov.np मा आबेदन दिनु पर्नेछ ।