निर्वाचनले ल्याएको आशा कति समय टिक्ला मगुई खोलाको पश्चिमपट्टीको नहर (कुला) को पानी
पूर्ब प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष श्री पुष्प कमल दाहालको निर्वाचन क्षेत्र मध्ये माडीको वडा नम्बर ४ भित्र मगुई खोलाको पानी लाग्नु पर्ने सयौ बिघा जग्गामा न मकै छर्दा, न त खेत रोपाइँ गर्दा नै पानी पाए, न त बल्लतल्ल आकाशतर्फ फर्कदै पर्खदै रोप्दै गरेर रोपेको धान बालीमा पानी लगाउन पाए किसानले सोही कारण चिन्तित हुनु स्वभाविक देखिन्छ भर्खर निर्वाचित स्थानीय तथा केन्द्रमा रहेको गठबन्धनको सरकार र यसै क्षेत्रबाट सङ्घिय सम्सदमा प्रतिनिधित्व गर्नुहुने पूर्ब प्रधानमन्त्री माओवादी पार्टीका आदरणीय अध्यक्ष क. पुष्प कमल दाहाल (प्रचण्ड) ज्यूबाट पनि बिशेष पहलकदमी सहित यो समस्याको यथाशिघ्र समाधानको आशामा यहाँका किसानहरू बाटो हेरेर बसीरहेका थिए ।
यसै क्रममा किसानहरूको बारम्बार चिन्ता तथा वडाध्यक्ष माधब चापागाईं र यस क्षेत्रका अगुवाहरूको हिजो श्री जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय चितवनका प्रमुख श्री घनश्याम काफ्ले तथा ठेकेदार सहितको छलफलबाट हाल किसानहरूको तत्कालको समस्या समाधान गर्ने सहमति भए बमोजिम आज ठेकेदारका प्रतिनिधि इन्जिनियर, सिंचाइका प्रमुख सहित कामको थालनी गर्न माडीको मगुईखोलामा आईपुगेको कुरा माडी -४ का वडाध्यक्ष श्री माधव प्रसाद चापागाईंले बताउनुभयो । सिंचाइ कार्यालयमा सम्पर्क गरि बुझ्दा प्रशासन अधिकृत श्री रबिन्द्र अधिकारीले सिंचाइ प्रमुख सहित यस कार्यालयबाट दुई जनाले प्रतिनिधित्व गर्नुभएको बताउनु भयो । कार्यालय प्रमुख श्री घनश्याम काफ्लेले अहिले बर्षाको समयमा सिमेन्टको काम गर्न नसकिने भएको हुँदा हाललाई किसानको तत्कालको समस्या समाधान हुने गरी कुलो तथा नहरमा पानी चलाएर छोड्ने कुरा बताउनुभयो । ठेकेदार सुरेन्द्र पाठकलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आशा छ कि किसानको आशा र भरोसा कायम रहोस् पानीको कारण देशमै परेको आर्थिक मन्दीमा यस क्षेत्रको सिंचाइको कारण राज्यमा थप समस्या हुन नजाओस् ।