नव जागृती वन उपभोक्ता समूहले तिज गीत प्रतियोगिता गर्ने
नेपाली नारीहरूको महान चाड हरितालिका (तिज) २०७९ को अवसरमा नवजागृती वन उपभोक्ता समूह भरतपुर महानगरपालिका वडा नम्बर ११ ले मिति २०७९ साल भाद्र ७ गते मंगलवार “सामूदायिक वनमा वन तथा वन्यजन्तु संरक्षण” बिषयमा भरतपुर -११ को आफ्नो कार्यक्षेत्र भित्रका टोल स्तरीय तिज गीत प्रतियोगिता कार्यक्रम राखेको कुरा कार्यक्रम संयोजक तथा सस्थाकी सचिब बिष्णु कुमारी शर्माले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रथम पुरस्कार दस हजार रुपैयाँ, द्वितीय पुरस्कार सात हजार पाँच सय रुपैयाँ, तृतीय पुरस्कार पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार रू. दुई हजार दुई वटा समूहलाई दिइने साथै उक्त प्रतियोगिता बिहान ११:०० बजेबाट शुरु भई दिनको ०४:०० बजेसम्म प्रवेश गरीसक्ने समूहबीच प्रतिस्पर्धा हुनेछ भने प्रत्येक समूह निर्माण गर्दा सात जना नबढाई गर्नुपर्ने छ । उक्त कार्यक्रम नवजागृती सामूदायिक वनको कार्यालय परिसरभित्र नै हुने कुरा सस्थाका कोशाध्यक्ष इश्वरी आचार्य र सस्थाका कार्यालय सचिब श्री कृष्ण पोख्रेलले जानकारी दिनुभयो ।