भत्तामै सकियो पुल निर्माण गर्ने लागत कैयौंपटक भए अनुगमन र Soil Test प्रचण्ड र रेणु दाहालको चुनावी क्षेत्रमा समस्या जस्ताको तस्तै

Spread the love

बेतरी खोलाको पुल भत्केपछि २०७२ सालको संविधानसभा निर्वाचन, २०७४ सालको स्थानीय तथा आम निर्वाचन र हालै २०७९ बैशाखको स्थानीय निर्वाचन समेत पुल निर्माण गरीदिने आश्वासन सहित कयौं नेताले भोट बैंकको रुपमा प्रयोग गरे, पुल निर्माणको लागि भन्दै अनुगमन र Soil Test गर्दै भएका र आएका बजेटलाई भत्ताको रुपमा प्रयोग गर्दै समस्या समाधान होईन कि फोटो खिचाउने स्थानको रुपमा प्रयोग गरियो । दशौ पटक पुल निर्माण उपभोक्ता समिति गठन भए । २०७८ सालको भाद्र २८ गतेका दिन प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, टिम लिडर डिजाइनर कन्सल्ट्यान्ट अर्जुन मरासिनी, जियोटेक्निकल इन्जिनियर डा. हुण्डी राज पाठक लगायतका २३ जनाको सहभागिता र हस्ताक्षर सहित पुल निर्माण गर्नको लागि ४७ लाख ५० हजार रुपैयाँ परेकोले २०७८ सालभित्रै निर्माण गरिसक्ने प्रतिबद्धता गरेका प्रदेश साम्सद कृष्ण भुर्तेल पुल निर्माणको अनुगमन शिलशिलामा पटकपटक आएपनी सो ठाउँमा पुल निर्माणको लागि परेको बजेट कहाँ के मा खर्च गरियो जानकारी पाउन सकिएन भन्दै स्थानीय उपभोक्ताहरू गुनासो गर्दै आउनुभएको छ।

२०७२ सालदेखि यताका सबै निर्वाचनमा सोही पुल बनाउने भन्दै महानगरका रेणु दाहाल लगायतका प्रतिनिधिहरूले, प्रदेश सभा सदस्यले र केन्द्रीय सम्सदका निर्वाचित साम्सद प्रचण्डले समेत यही क्षेत्रको मतबाट निर्वाचनबाट सफल हुनुभयो तर यहाँको समस्याभने जस्ताको तेस्तै छ ।

प्रदेश साम्सद कृष्ण भुर्तेल भन्नुहुन्छ ” उक्त पुल निर्माणको लागि गरिएको स्थानीय तथा प्रदेशबाट भएका डि. पि. आर. केन्द्रले मानेन त्यसकारण म सो सङ्ग सम्बन्धित सडकमा गए तर मुख्य मान्छेसँग भेट हुन सकेन ।

यश बिषयमा कुरा गर्नको लागि मेयर रेणु दाहालसङ्ग सम्पर्क हुन सकेन उहाँका कार्यालय सचिब (प्रतिनिधि) सुरेशचन्द्र अधिकारीका अनुसार रेणु दाहाल कामको शिलशिलामा चितवन बाहिर रहनुभएको हुँदा दुई तीनदिन पछि सम्पर्क गर्नुपर्ने बताउनुभयो

भरतपुर महानगरपालिका उप मेयर श्री चित्रसेन अधिकारीका अनुसार यो बिशय शहरी बिकास अन्तर्गत सडकको रहेको हुँदा पुनः एकपटक बुझेर मात्र बोल्न सकिने बताउनुभयो ।

तेस्तै भरतपुर – २७ का वडाध्यक्ष रामु भण्डारीका अनुसार पटकपटक Soil Test तथापि अनुगमन गरिएको थियो अघिल्लो सालमा ४७.५ लाख रुपैयाँ परेको भनेका थिए तर परेको रहेनछ वडाबाट भरतपुर महानगरपालिकामा लिखित जानकारी गराई छिटोभन्दा छिटो पुल निर्माणको लागि माग राखेकाछौँ ।

बलराम पौडेल – बाग्मती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री
यो पुल निर्माण गर्न करिब २ करोडको लागत लाग्ने भएको हुँदा स्थानीय निकाय र प्रदेश सरकारको बजेटबाट संभावना देखिएन त्यसकारण वडा, महानगर हुँदै केन्द्रिय बजेटको लागि सडक बिभागसङ्ग अनुरोध गर्नुपर्ने हुन्छ ।
त्यस्तै सोही पुलको बाटो हुँदै कालिका मन्दिर धरमपुर बुद्धनगरको बसपार्कसम्म जाने बाटो पिछ गर्नको लागि यस बर्षको प्रदेश सरकारको रातो किताबको पेज नम्बर २३२ सि न ३३७०००१७ मा पूर्बाधार बिकास कार्यालय चितवनको नामबाट काम गर्ने गरि ३५ लाख रुपैयाँ पारेको कुरा समेत मन्त्री पौडेलले बताउनुभयो ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौली एयरपोर्टको पूर्बतर्फको बाटो हुँदै बेतरी खोला पारगरी कालिका मन्दिर, धरमपुर, शुक्रनगर हुँदै जगतपुरबाट माडी जाने र धरमपुर, शुक्रनगर, पार्बतिपुर हुँदै भरतपुर जाने ( प्रचण्ड पथ भनी नामाकरण गरिएको) बाटोमा पर्ने बेतरी खोलाको पुल स्थानीय श्री गङ्गाधर भुसाल को सम्योजकत्वमा पुल निर्माण समिति बनाई २०२८ र २०२३ सालमा side wall पक्की मथिपट्टी काठे पुल निर्माण गरिएको थियो । सो दुइवटै पुललाई बर्षाको बाढीले भत्काइदियो । त्यसकारण पुन: श्री गङ्गाधर भुसालकै सम्योजकत्वमा पुल निर्माण समिति निर्माण गरि २०५४ सालमा पक्की पुल निर्माण गरियो । सो पुल पनि २०७१ साल साउनको बाढीले भत्काइदियो । साधन श्रोतको अभाव हुँदाहुँदै उपभोक्ता समितीबाट निर्माण भएको सो पुल निर्माणमा उच्च स्तरको निर्माण गर्न आर्थिक श्रोत जुटाउन नसक्नुले नै बर्षाको बाढी प्रकोपमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *