नेपाली काङ्रेस केन्द्रीय कार्यालय बि.पि.भवन बाट प्रेस विज्ञप्ति

Spread the love

प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । बैठकमा महामन्त्री श्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । बैठकका निर्णयहरु ः

(१) सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने ।

(२) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

(३) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

(४) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।

(५) आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।

प्रेस बिज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *