सदस्यता खारेजीको पुष्टि गर्न नसके चितवनमा विद्वान वर्गबाट उमेद्वारी दिने

Spread the love

आज सि. एम. टि. मा भएको कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेसका पूर्ब सभापति श्री कृष्णलाल सापकोटाले बि. पि. ले सोचेको काङ्ग्रेस आजको जस्तो लोभिपापी काङ्ग्रेस होइन बरु दुखी गरीब, अशक्त, गाउँ तथा दुर दराज कुना काप्चामा बस्ने जो जसलाई खानको दुख छ जसको घर छैन सबैलाई समान रुपमा खाना, नाना र बस्नको ब्यबस्था गर्ने भ्रष्टाचार मुक्त शिक्षा स्वास्थ्य लगायतका अत्यावश्यक सुबिधा सरकारबाट जनतालाई दिनुपर्ने हुनुपर्नेमा पद, पैसा र प्रतिस्ठाको लोभमा गठबन्धन गरेरै भए पनि जसरी नि सत्तामा पुग्नुपर्ने खेल भई रहेकोे छ यो खेल बन्द हुनुपर्छ । गठबन्धन बनाएर ” हामी काले काले मिलेर खाउ भाले” ” लुट्न सके लुट कान्छा नेपालमै छ छुट” भन्ने गीत जस्तै भई रहेकोे छ यसको अन्त्य हुनुपर्छ । के भारत लगायतका देशमा के यस्तै प्रचलन छ र यो त गलत हो । यदि यस्तै गलत हुँदै जाने हो भने यस्तो बिकृती बिसङ्तिको बिरुद्धमा काङ्ग्रेसले सर्बसम्मत रुपमा मेरो उम्मेद्बारी चाहान्छ भने म चौरासी बर्ष पूरा गरेको ब्यक्ति आध्यात्मिकताको बाटोलाई केही समयका लागि पछाडि राखेर चुनाव लड्न तयार हुने जानकारी नेता कृष्णलाल सापकोटाले दिनुभएको छ ।
हिजोका दिनमा बुहुदलमा लागेर हिड्दा माडीका कर्ण बहादुर घर्तीलाई हत्या गरिएको थियो त्यसरी ज्यानको बाजि लगाएर आएको तिनका सन्तानले यही दिन देख्नको लागि हो र ? यो परिवर्तन हुनुपर्छ, यसका विरुद्धमा आउदो मंसिर ४ गते हुन गइरहेको संघ तथ प्रदेशको निर्वाचनमा यदी पार्टीको तर्फबाट आधिकारिक उमेदवार सामूहिक निर्णयबाट आउन सकेन जनताका मुद्दा उठाउन सक्दैनन भने त्यसको विरुद्धमा हमीले भदौ २४ गते परेको बि. पि. जयन्तीको अवसर पारेर उमेदवार पनि चयन गर्न सक्ने छौं भनेर भन्नुभएको थियो ।
गोप्य कोठामा बसेर खल्तीबाट नेता बनाउने काम बन्द गरियोस् , यदि यस्तै रह्योभने हामीले पार्टी फुटाउने कुराको सोछ नराखे पनि त्यसको जिम्मा लिने काङ्ग्रेसी जमात निस्कनेछ त्यसकरण पार्टी नीति र नियम अनुसार चलोस सबैमा पार्टी हाम्रो पनि हो भन्ने भावना जागोस भन्नुभयो ।

त्यस्तै आजको कार्यक्रमका बिशिस्ट अतिथि पूर्ब साम्सद बरिस्ठ अधिबक्ता जगन्नाथ पौडेलले आजको जुगमा भ्रष्टाचार हुदै गर्दा सम्पत्ति सुद्दीकरण हुन नसक्नु भ्रष्टाचार निवारण आयोगले आफ्नो काम सम्पन्न गर्न नसक्नु, अर्थमन्त्रालयमा करको दर रेट निर्धारणमा विवाद आउदा उचित समाधान हुन नसक्दा अरबौको चलखेल र सरकारी करमा फरक पर्दा समाधान हुन नसक्नु सरकारको लाचारीपन देखियो ।
पार्टी भित्र आपसी झैझगडा हुनु पार्टी न्यायको सम्भावना मर्दै जानू राश्ट्र्का लागि पनि अभिशाप हो ।
देशमा सिधै जनताबाट निर्वाचन भएर आउने बाहेकका समानुपातिक सदस्यहरूको कारण आर्थिक चलखेल आफ्ना आसपासका मान्छेलाई जागीर खुवाउने काम मात्र भयो यो बन्द हुनुपर्छ भने प्रदेश सरकारमा ७ मन्त्री भन्दा धेरै बनाउन हुँदैन भन्ने मान्यता हुँदा हुँदै गठबन्धन टिकाउन पद पैसा र प्रतीश्ठा जोगाउनकै लागि मन्त्रालय फोरेर मन्त्री बढाउने काम गर्नु गलत हो त्यसो हुनुभन्दा प्रदेश नै खारेज गर्दा राम्रो हुन्छ ।

कार्यक्रमका सभापति तरुणदल चितवन पूर्ब अध्यक्ष शम्भु अर्यालले हाम्रो कार्वाही फिर्ता गर हामीले भनेका छैनौ बरु यो कारवाही किन गरियो त्यसको वास्तविक कारण पुष्टि गर मात्र भनेका छौ भन्नुभयो ।

आजको कार्यक्रम हालका सबिधानका पिता सुशील कोइरालाको ८३ औं जन्म जयन्तीको अवसरमा आयोजित छलफल कार्यक्रम २८ साउन २०७९ सि. एम. टि. रिसोर्टमा जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा लागायतका काग्रेस नेताहरूले गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत भाषण समाजसेवी मीना खरेल, उद्घोषण भुवनराज खनालले सभापतित्वमा चितवन तरुणदल पूर्ब अध्यक्ष शम्भु अर्यालले गर्नुभएको थियोभने उक्त कार्यक्रममा बक्ताको रुपमा पूर्ब साम्सद भिम बहादुर श्रेष्ठ, नेता उमेश पौडेल, राममणि न्यौपाने, युबराज भुसाल, आनन्द सुवेदी, गणेश पौडेल, रमेश कोइराला, धर्म आचार्य, शितु अधिकारी लगायत रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *