तात्दैछ चितवन क्षेत्र नम्बर ३ (ख) मंसिर ४ को तयारीमा
सुर्यमणी पौडेल काङ्ग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित प्रदेश प्रतिनिधि/सदस्य, लोकप्रिय, स्थानीय नेता तथा समाजका बुद्धिजीवी, पूर्ब ब्यबसायी, कर्तब्यनिश्ठ, कर्मठ, कर्मठ तथा कर्मशील असल बाटोमा रही बिकृती बिसङ्गती बिरुद्ध लड्ने गरि चितवन क्षेत्र नम्बर ३ (ख) बाट चितवन काङ्ग्रेसको तर्फबाट प्रदेशसभा सदस्य पदका लागि आकान्क्षी रहनुभएको कुरा जानकारी गराउनुभयो ।
सामाजिक तथा राजनैतिक जीवन
२०२८ साल मंसिर २४ गते जन्मनुभई सानैदेखि ने. बि. संघको राजनीतिमा लाग्नु भएका पौडेल २०४२ सालको सत्याग्रहमा बिद्यार्थी जीवनबाट नै सहभागी हुनुभयो । २०४६ सालको जन आन्दोलनमा सहभागी हुँदा अङ्ग भङ्ग भई राजनैतिक पिडितको जीवन निर्वाह गर्दै आउनुभएको छ । नेपाली काङ्ग्रेसको १२ औं १३ औं महाधिवेशनबाट पटिहानी गा. बि. स. बाट क्षेत्रीय प्रतिनिधि हुनुभएको थियो भने हालै सम्पन्न १४ औं महाधिवेशनबाट प्रदेश प्रतिनिधि/सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै उहाँ ने. बि. संघ पूर्ब जिल्ला सदस्य रही काम गरि सक्नुभएको छ । सामाजिक कार्यतर्फ चनौली शीत भण्डारको बर्तमान अध्यक्षको रूपमा काम गरीरहनुभएको छ । त्यसै गरि टोल, समाज, स्कुल. बाटो निर्माण लागायतका कामहरूमा सहभागिता जनाउनु भएका उहाँ त्यस क्षेत्रको बुद्धिजीवी बर्गमा पर्नुहुन्छ । उम्मेद्बारी किन ? हाल समाजमा रहेका बेथिति, बिसङ्गतीले अस्तब्यस्त भई रहेको अबस्थामा एक जिम्मेवार असल, कर्तब्यनिश्ट बुद्धिजीवीको नाताले समाज र देशलाई सही दिशा निर्देश गर्न पनि आफ्नो उम्मेद्बारीले महत्व राख्ने बताउनुहुन्छ ।
क्षेत्र नम्बर ३(ख) मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १४, २१, २२, २३, २४, २५ र माडीका बादरझुलासम्मको क्षेत्रमा लगायतका सम्पूर्ण जनताप्रति उत्तरदायी रही चितवन राश्टृय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने हरेक समस्यालाई नितिगतदेखी ब्यबहारिक सम्मका समाधानका उपायहरूमा बिशेष पहल कदमी गर्ने उक्त क्षेत्र भित्र आइपर्ने खोलाखस्तीको तटबन्धको ब्यबस्था मिलाउने धनजनको क्षतिको उचित ब्यबस्थापन तथा क्षतिपूर्तिको ब्यबस्थाको लागि पहलकदमी गर्ने, पर्यटन प्रबर्द्धन, कृषिको उत्पादन बढाउने र त्यसको उचित भण्डार न र बिक्रीवितरणको प्रणाली तयार पार्ने, बिधालयहरूमा प्राबिधिक शिक्षा सहितको शिक्षा प्रणालीमा जोड दिने, प्रत्यक क्षेत्रमा कामको उच्च मूल्यांकनमा गरि प्रोत्साहनको ब्यबस्थापन गर्ने जस्ता कामहरूलाई अगाडि बढाउने जानकारी गराउनुभयो ।
अन्त्यमा
देश पुरै भ्रष्टाचारले आक्रन्त भएको अबस्थामा छ, नीतिगतदेखि ब्यबहारिक अनेकौं समस्याहरूले समाजलाई अग्रगतिमा जानबाट रोकेको त होईन भन्ने जस्ता तर्कहरू समाजमा ब्याप्त छन, प्रदेश तथा सङ्घीय प्रणालीमा समाजका बहुसंख्यक ब्यक्तिहरू यो राज्य दोहनको अधिकतम रुप हो भन्दै बिरोधमा छन यस्तो अबस्थामा राश्ट्र्य ढुकुटीको बचावट तथा राश्टृय हितको पक्षमा पक्षपोषण गर्न सक्ने रश्ट्रप्रेमी जनताप्रमीको टटकारो खाचो देखिएको छ ।