ने.वि.संघ मा फुट नल्याउन आग्रह
रामपुर कृषि क्यामपस खैरेनीमा क्यामपस प्रमुखको नियुक्तिलाई लिएर आन्दोलनरत ने.वि.संघ का साथीहरु बिच भएको विवाद प्रति प्राविधिक विध्यार्थी परिषद जिल्ला कार्यसमिति चितवनले आफ्नो गम्भीर ध्यानाकर्षण गरेको छ । केन्द्रिय स्तरका ने.वि.संघ का केहि नेताहरु एवम अन्य अराजक समुहले ने.वि.संघ मा आवध्द साथीहरू बिच फुट ल्याउन खोजेको कुरा प्राविधिक विध्यार्थी परिषद चितवन जिल्ला कार्यसमितीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आज रामपुर कृषि क्याम्पसको विवादको विषयलाई लिएर जारी गरेको विज्ञप्तिमा रामपुर कृषि क्यामपसमा ने.वि.संघका साथीहरु बिचमा भएको विवाद ने.वि.संघ का निर्वतमान केन्द्रीय स्तरका नेताहरुले गरेको चलखेलको उपज हो भन्ने कुराको जानकारी प्राविधिक विध्यार्थी परिषद चितवनका अध्यक्ष रविन क्षेत्रीले दिएका छ्न । ” हाम्रो साथीहरु बिच उत्पन्न भएको यो विवाद सुल्झाउन ने.वि.संघ चितवन लागि परेको छ र यो कार्यमा कुनै पनि केन्द्रिय नेताहरुले हस्तक्षप नगरीदिनु हुन आग्रह गर्दछु ” भन्दै क्षेत्रीले आफ्नो भनाई सार्वजनिक गरेका छ्न । सहमती र सह-कार्यको मार्फत यो विवाद समाधान गर्न जिम्मेवार भुमिका निर्वाह गरिदिन प्राविधिक विध्यार्थी परिषद चितवनले नेपाली कांग्रेस चितवनलाई आग्रह गरेको छ ।