आत्म हत्या माैलाउदै

Spread the love

भरतपुर -१० रमाइलो चोकमा घटित कृष्ण प्रसाद आचार्यद्वारा उनकै श्रीमती रुश्मा घिमिरे आचार्यको हत्या पश्चात् आफू पनि तिनतलाको छतबाट हाम फाली ज्यान फाल्नु वैदेशिक रोजगारीले निम्त्याएको अघोषित परिणाम हो यो । समाजमा उजागर भएका र उजागर नभएका यस्ता घटनाहरूको अकल्पनीय परिस्थितिले देश र देशबासीको भबिस्यप्रतिको अबस्थाको एक चित्र देखाउने प्रयास त गरेको छैन; हाम्रो समाज कतातर्फ जादैछ ? एकातर्फ १२ बर्शिय नाबालकले आफ्नो जन्मदिने आमाको बीभत्स हत्याको चित्रण जिवनभर आफ्नो दिमागमा लिएर हिड्नु पर्नेछ भने अर्कोतर्फ आफ्नै बाबुले आफ्नै परिवारको पालनपोषण गर्नकै खातिर घर परिवार समाज र देशलाई आफ्नो छातिभित्र लुकाएर बिदेशी भूमिमा आफ्नो रगतलाई पसिना बनाएर एक सुन्दर भबिस्यको कल्पनामा हराउदै घर फर्कदै गर्दा किन आफ्नै प्राणभन्दा नि प्यारी नावालक छोरीलाई टुहुरो बनाएर उसकै अगाडि आफ्नै जीवन सङ्गिनीलाई जिवनभर सुखदुःख सङ्गै बाडौला, सङ्गै बाचौला सङ्गै रमाउला भनेर गरेको बाचा तोड्दै एक हत्याराको रुपमा अगाडि आईपुग्छ र आफ्नो समेत प्राण त्याग गर्न पुग्छ यो सम्पूर्ण समाजको लागि चुनौतीको बिषय हो कि लाग्छ; यसको root cause समेतको खोजबिन गरि यस्ताखाले समस्याहरू समाजमा हुन नदिन के के गर्नु पर्ला सायद राज्य नै उत्तरदायी हुनुपर्ने हो कि । यो पनि मानव अधिकारको तथा मानव रक्षाको बिषय रहेको हुँदा सम्पूर्ण मानव अधिकारवादी तथा सङ्घ सस्थाहरूको पनि त्यत्तिकै चासो र महत्वको बिषय हुन्छ । सबै मिलेर हिड्न सके अवस्य समस्याको समाधान पनि छिट्टै भेटिन्थ्यो कि ?
यसबाट घटनालाई रोकथाम गर्न गर्नुपर्ने प्रयासहरू
१- बिदेश यात्रा वा काम कस्तो हुनुपर्ने
२- बिदेश यात्रा वा काममा जादा के के जानकारी लिनुपर्ने
३- बिदेश यात्रा वा काममा जादा को कसको सहायता लिनुपर्ने
४- कुनै समस्या आएमा त्यसको समाधानको लागि के के उपाय अपनाउनुपर्ने
५- आपसी मनमुटाव भएमा के कस्ता समाधानका विकल्पहरू अघि सार्नुपर्ने
६- समाज वा सरकारको तर्फबाट नागरिक सुरक्षा खातिर देखिएका वा देखिन सक्ने बिषयमाथी के कस्ता विकल्पहरू अघि सार्नु पर्ने
७- परिवारका सदस्यहरू बाट आएका गुनासोहरूलाई के कसरी र को को सङ्ग जानकारी वा सूचनाको संकेत गर्ने
८- बिदेश्मा रहेका साथीभाइ र कम्पनीबाट पनि के कसरी सूचना घर परिवार आफन्तसङ्ग वा सरकारी निकायमा पुर्याउने त्यसको बिषयमा ब्यबस्था मिलाउने

अन्त्यमा
राज्य वा सरकारको तर्फबाट बिदेशमा रहेका ब्यक्तिहरू र उनीहरुको नेपालमा रहेका परिवार बीचको जानकारी राख्नको लागि एक आधिकारिक सम्भवभएसम्म दैनिक जानकारी लिने निकायको ब्यबस्था मिलाउने कुनै समस्या आएमा त्यसै निकायको निगरानीमा सबै किसिमका जानकारीहरूलाई ब्यबस्थित र सन्कलित गर्ने लगायत काम गरेमा समस्या सामाधान हुने बिज्ञहरूकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *