निर्वाचनको सर्गर्मी दिनदिनै बढ्दो उम्मेद्बारी लागि आकान्क्षी मैदानमा उत्रदै

Spread the love

लाल बहादुर दवाडी नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सम्सद सदस्यको लागि आफूलाई यश क्षेत्रमा एक सबल, शशक्त, जनताको घरदैलोसम्म पुगी सेवा गर्न सक्ने एक कर्मठ उमेदवारको रुपमा आफूलाई उभ्याउनु भएको छ ।
उम्मेद्बारी किन ?
यो क्षेत्र शिबनगर, शुक्रनगर हुँदै माडी बादरझुलासम्मको भुभाग चितवन रास्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसङ्ग सिधै सम्बन्ध राख्ने भएको तर यसभन्दा अगाडिका माननीय ज्यूहरू बाट नदी कटान, वन्यजन्तु तथा निकुञ्जको कारण भएका धन-जनको क्षतिको उचित तथा स्थायी ब्यबस्थापन/समाधान हुन नसकेको कारण त्यसको स्थायी समाधान /ब्यबस्थापनको लागि
ठोरी माडी – नारायनगढ – केरुङ हुलाकी/लोकमार्गको छिटोभन्दा छिटो स्तरोन्नति तथा निर्माणको लागि उचित पहल कदमी गर्न
ठोरी नाका तथा स्वमेश्वरी लगायतका यश क्षेत्रमा पर्ने नाकालाई ब्यबस्थित गरी रास्ट्रिय महत्वपूर्ण योगदान पुर्याउन ।
स्वमेश्वरगढी, गोद्द्क, बैकुण्ठ ताल, वाल्मीकि आश्रम, चितवन राश्ट्रय निकुञ्ज र यसभित्र यश क्षेत्रमा पर्ने कसरा जस्ता पर्यटकीय स्थललाई ब्यबस्थित तथा प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने उचित पहल गर्न

जीवनमा राजनैतिक सामाजिक सहभागीता

१४ बर्षको उमेरदेखि नेपाली गा बि स स्तरीय काङ्ग्रेसको विभिन्न ठाउँमा सकृय सहभागिता जनाउदै १० औं महाधिवेशनमा जगतपुर गा बि स कमिटी अध्यक्षको रुपमा काम गरेको ११ औं १२ औं अधिबेशनबाट जिल्लास्तरीय कमिटीमा काम गर्दै आएकोमा हालैको अधिबेशनबाट चितवन क्षेत्र नम्बर ३ को सभापतिको रुपमा निर्वाचित भई कार्यभार सम्हाली आउनुभएको छ ।
उहाँका अनुसार यदी नेपाली काङ्ग्रेस पार्टीले पार्टीको आधिकारिक टिकट दिएमा आउदो मंसिर ४ मा हुन गईरहेकोआम निर्वाचनबाट अत्याधिक बहुमतका साथ बिजयी हुने आट र बिश्वासका साथ उम्मेद्बारी दिने आकान्क्षा व्यक्त गर्नुभएको र पार्टीले पनि उहालाई टिकट दिने बिषयमा पूर्णत: आशा तथा बिश्वास रहेको बताउनुभयो । नेपाल सरकारले संघीय तथा प्रदेश सम्सदको निर्वाचन मंसिर ४ गते घोषणा गरेसङ्गै देशका सबै जिल्लाहरूमा निर्वाचनको सरगर्मी दिनदिनै बढ्दै गईरहेकोछ । त्यस्तै स्वभाविक रुपमा नेपालकै मेडिकल सिटिको जिल्ला र राजनैतिक अग्रताको जिल्ला ७७ मध्ये ७८ औं जिल्ला बुद्धिजीवीहरूको बासस्थानको जिल्ला भनेर चिनिएको काठमाडौ पछिको पहिलो राजनैतिक केन्द्रको रुपमा चितवनलाई लिइन्छ ।
यश जिल्लाबाट पटकपटक प्रधानमन्त्री, अर्थमन्त्री तथा हालका माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) कै चितवन क्षेत्र नम्बर ३ लाई अझै बिशेष महत्वले हेर्ने गरिन्छ ।
यश निर्वाचनमा गठबन्धनले पूर्ण रुपमा गठबन्धन गरेर जाने प्रतिबद्धताका संकेत हरू दिईरहेको छ । त्यसो हुँदा हुँदै पनि विभिन्न क्षेत्रबाट आकान्क्षी उमेदवारहरूले आ आफ्ना आकान्क्षा राख्दै जानुभएको छ । अन्त्यमा

अन्त्यमा
देशको अबस्था आर्थिक रुपले जटिल रहेकोमा सघियताले देशलाई अत्यन्त भार बढाएको हुँदा आम जनतामा नैराश्यता छाएको देखिएको, भ्रष्टाचार, आर्थिक अनियमितता लगायत नकारात्मक सुचान्कहरूलाई ब्यबस्थित गर्न सक्ने र राश्टिय अन्तरास्ट्रिय मुद्दाहरूलाई सबल रुपले पार लागाउन सक्ने नेतृत्वको आवश्यकता देशले मागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *