जिल्ला घरेलु कार्यालय चितवन सुन्दर र सेवामूखी बन्दै
चितवन भरतपुर जिल्ला घरेलु कार्यालयले सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिई आइरहेको छ । यस कार्यालयमा वाणिज्य र उद्योग गर्नेहरुले दर्ता गरी व्यवसाय चलाउने गर्दछन् । यस कार्यालयमा आएका कामहरु छिटो छरितो कसरी गर्न सकिन्छ भनी सबै कर्मचारी प्रयासरत् छन् भने उद्योग वाणिज्य दर्ता गर्न आएका सेवाग्राहीलाई दर्ताको लागि सहजीकरण होस् भनी बुझिने गरी अभिलेख राखिएको छ । लेखपढ नभएका नागरिकका लागि कार्यालयका सुचना अधिकृतले नै सेवाग्राहीको गुनासो सम्बोधन गरिने जिल्ला घरेलु कार्यालयका अधिकृत नारायण खनालले बताउनु भयो । यस कार्यालयबाट विभिन्न सिपमूलक तालिम र नागरिकलाई प्रविधि हस्तान्तरणको काम तीव्र गतिमा गुनासो विहिन तरिकाबाट सेवा दिई रहेको कार्यालय प्रमुख यादव आचार्यले बताउनु भयो । जनताको ज्ञान, सिप, प्रविधि र क्षमता वृद्धिका लागि जिल्ला घरेलु लागि पर्ने कार्यालय प्रमुख यादव आचार्यले बताउनु भयो । उहाँले यस वर्षको कार्य प्रगति विवरणसमेत सार्वजनिक गर्दै अगामी वर्ष पनि जनताको सेवामुखी हुने भनी यस वर्षको प्रगति विवरण बताउनु भयो ।