डेढ किलो गाँजा सहित २ जना मानिस सालझण्डीमा पक्राउ
रुपन्देही। सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने बर्ष २७ को रोशन थारुले आफ्नै घरमा अबैध लागुऔषध गाँजा लुकाई छिपाई राखि बिक्री बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचनाईलाका प्रहरी कार्यालय सालझण्डीमा मिति २०७९/०४/०३ गते दिउसो करिब४:०० बजेको समयमा प्राप्त हुनासाथ प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीलेझिमपुरमा रहेको रोशन थारुको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ के.जी. ३६० ग्राम सुकेको तयारी अबस्थाको लागुऔषध गाँजा फेला पारी तत्काल रोशन थारुलाई पक्राउ गरि उक्त गाँजा समेत बरामद गरीलागुऔषध ऐन अन्तर्गत म्याद थप गरीएको जानकारी ईलाका प्रहरी कार्यालय सालझण्डी प्रमुख प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।
सो पश्चात प्रहरी टोलिलाई तत्कालै यस्तै प्रकृतिको लागुऔषध लुकाई राखिरहेको सूचना प्राप्त हुन्छ । त्यसपछि सोहि दिन नै दिउसो करिब पाँच बजेर बिस मिनेटको समयमा अबैध लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछिईलाका प्रहरी कार्यालय सालझण्डीबाट नै प्रहरी टोलीजिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने बर्ष २७ को कमल कुमालको घरमा पुगी घरकोठा खानतलासी गर्दा २०४ ग्राम सुकेको अवस्थामा रहेको गाँजा फेला पारी तत्काल उक्त चिजवस्तु बरामद गरि कमल कुमाललाईपनि पक्राउ गरी लागुऔषध ऐन अन्तर्गत म्याद थप गरीएको छ।
एकैदिन नै प्रहरीले दुई भिन्न भिन्न ठाँउबाट गरि एक केजी ५०० ग्रामभन्दा बढि अवैध गाँजा पक्राउ गरको छ । पक्राउ परेका मध्ये रोशन थारुले गाँजाका विभिन्न स-साना पोकाबनाई राखेको अवस्थामा फेला परेको थियो । पछिल्लो समयमा लागुऔषध जस्तो कुलतमा विभिन्न कारणले ब्यक्तिहरु फस्दै जाँदा यसले अन्य घटना समेतमा बृद्दी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।