कालिज पालनमा उत्साहित युवा

Spread the love

मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने गिरी राज न्यौपाने कालिज पालनमा सन्तुष्ट छन । उनले ४ बिगाहा जग्गा भाडामा लिई सञ्चालन गरेको कालिज पालन अहिले भाले पोथी गरी दुई हजार कालिज छन भने बैंकिङ र आफ्नो गरेर पाँच करोड लगानी गरेका छन । फर्मको नाम हेटौंडा वाइल्ड एग्रो प्रा.लि. हेटौंडा–११ नवलपुर राखेका छन । वैदेशिक रोजगारी कोरियाबाट फर्केका न्यौपानेले नेपालमै कृषिमा संभावना छ भनी अध्ययन र अनुसन्धान खोजी गरी कालिज पालन सुरु गरेका हुन । बेरोजगार युवाहरुलाई संकलन गरी आफ्नो फर्ममा रोजगारी दिएका छन । मासु अत्यन्तै स्वास्थ्यका लागि आवश्यक पर्ने कुरा हो । त्यसमा पनि कालिजको मासु मासुमा राजामासु गनिन्छ । कालिजको मासु अत्यन्तै स्वादिलो हुने भएकाले कालिजका मासु खाने पारखीहरु धेरै टाढा टाढाबाट आउने गरेको प्रमुख कृषक गिरी राज न्यौपाने बताउनु हुन्छ । कालिजलाई खेल्ने ठाउको व्यवस्था, प्राकृतिक वासस्थान, सुहाँउदो दानापानी र उपचारमा खासै कुनै रोग नलाग्ने भएको हुँदा कृषकहरुले यसमा लगानी गर्दा मनज्ञ आम्दानी गर्न सकिने बताउछन । मैले यस पेशामा लागेको २ वर्षमै चल्ला, अण्डा र मासु विक्रीबाट आफ्नो लगानी उठिसकेको र अब नाफामा चलिरहेको उहाँको भनाई छ । कालिजबाट उत्पादित अण्डा कुखुराको जस्तै मेसिनबाट चल्ला उत्पादन गर्न मिल्ने भएकोले मेसिनबाट उत्पादन गर्दा चल्ला खेर नजाने उहाँको भनाई छ । कालिजका चल्ला लिन टाढा टाढाबाट मानिसहरु आउने गरेको बताउछन । यदि नेपालमा नै यो व्यवसाय सञ्चालन गर्न सकेमा अबका युवाहरु जो कोही पनि वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा आफ्नो पसिना खेर फाल्न नपर्ने र स्वदेशमै प्रशस्त आम्दानी गरी देशको अर्थतन्त्रलाई समेत सहयोग पुर्‍याउन सकिने बताउनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *