नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने मानिस पक्राउ
मिति २०७९।०३।२६ गते दिउँसो करिब चार बजेको समयमा जिल्ला रुपन्देही कञ्चन गा.पा. वडा नं.४ बनकसिया निवासी वर्ष ७० की चमेली थापा आफ्नो गाउँको बनकसिया डिअ नजिकै आईतबारे हाटबजारमा सरसामान किन्न भनि गएकी थिईन । सोही बजारमा घरको लागी टमाटर किन्नको लागि बसेर छानीरहेको बेला कसैले यसो घाँटिको भागमा छोएजस्तो लाग्यो । तर छोएको जस्तो मानेर उनले पछाडी हेर्न नपाउँदै घाँटीमा लगाएको ३ तोला ४०लाल(३९.७०० ग्राम) बराबरको सुनको सिक्री२ जना साना साना केटाहरुले सुईको नपाउने गरी चोरी ताने लगेपछि चमेली थापाले आफ्नो सुनको सिक्रि चोरी गरेको भनि ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा जाहेरी दरखास्त दिन्छिन ।
सो पश्चात प्रहरी टोलिले उक्त चोरी गर्ने हुलिया भएका व्यक्तिहरुलाई खोजतलासी गर्दै जाने क्रममा मिति २०७९।०३।२७ गतेका दिन जिल्ला रुपन्देही कञ्चन गा.पा. वडा नं.४ बनकसिया डिहो स्थितमा लुकि छिपी हिडिँरहेको अवस्थामा परिवर्तित नाम वर्ष ११ को बि आर र परिवर्तित नाम वर्ष १२ को ए आर लाई प्रहरीले शंका लागी रोकी निजको शरिर खानतलासी गर्दछ । खानतलासी गर्दा परिवर्तित नाम वर्ष १२ को ए आरको साथबाट हिजो चोरी भएको सुनको सिक्रि फेला पारी बरामद हुन्छ ।
प्रहरीले सो घटनाबारे पक्राउमा परेका नाबलाकहरुसँग थप अनुसन्धान गर्दा सो घटनामा जिल्ला पर्सा पटेर्वा सुगौली घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नं.४ हर्नाचौ बस्ने वर्ष ३३ को विजय राय नट समेत संलग्न भएको कुरा खुल्यो । त्यसपछी ईलाका प्रहरी कार्यालयले बिजय राय नटलाई पक्राउ गर्दछ ।
पछी नाबालकहरुलाई सो घटनाबारे सोधपुछ गर्ने क्रममा बिजय रायले बिभिन्न स्थानहरुबाटति साना साना बालकहरुलाई प्रलोभनमा देखाई चोरी गर्ने कार्यमा संलग्न बनाई चोरी गर्ने कार्य गरेको भनि खुलेको हो । विजय राय नटले करिब एक महिना अघि पर्सा जिल्लाको निचुटा गाउँ घरबाट दुवैजनालाई जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा ४ हर्नाचौर स्थितमा बोलाई निज बालकहरुलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि आफैँले गरेर सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगी अटोरिक्सामा पुर्याई बालबालिकालाई प्रयोग गरि चोरी गर्ने गराउने गरेको कुरा खुल्न आएको छ ।
चोरी भएपछि पनि फेला नपर्ने भनि उजुरी नदिने प्रवृत्तिले चोरी मौलाउँदै गएको यस्तै थुप्रै मानिस यस्तो चोरीबाट पिडित भएको हुनसक्नेई.प्र.का सालझण्डी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए। पक्राउ परेका चारैजनालाई चोरी सम्बन्धीकसुरमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यदि कोहि व्यक्तिको मालसामान यि मानिसले चोरेको एकिन भएमा ई.प्र.का सालझण्डी रुपन्देही वा ०७१-४६५०१४ मा सम्पर्क गर्नुहुन प्रहरीले अनुरोध गरेको छ ।