शान्तिपूर्ण देशमा मानव अपराध प्रवेश गर्दै

Spread the love

जापानका पूर्वप्रधानमन्त्री चर्चित राजनेता सिन्जो आबेको गोली हानी हत्या भएको छ । राजधानी टोकियो नजिकको नारा सहरमा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको थियो । उपचारको व्रmममा उहाँको मृत्यु भएको जापानको समाचार संस्था एनएचके न्युज जापानले पुष्टि गरेको छ । उहाँमाथि पछाडिबाट लगातार दुईवटा गोली प्रहार भएको थियो । पहिलो गोली नलागे पनि दोस्रो गाली उहाँको ढाडमा लागेको थियो । गोली प्रहारपछि प्राथमिक उपचार गरेर अस्पताल लैजाँदै गर्दासम्म उहाँ बोलिरहनुभएको थियो । अस्पताल पुग्नुअघि उहाँ बेहोस हुनुभएको निधन भएको जनाइएको छ । उहाँ ६८ वर्षको हुनुहुन्थ्यो । गोली प्रहार गर्ने व्यक्ति नभागीकन चुनावी सभामै रहेका बखत हतियारसहित प्रहरीले पक्राउ गरेको छ । गोली प्रहार गर्ने ४१ वर्षीय पूर्वजलसैनिक रहेको जनाइएको छ । उहाँको हत्याको कारण अझै खुल्न सकेको छैन । जापानका वर्तमान प्रधानमन्त्री फमियो कासिदाले यो घटना पाशविक र द्धेषपूर्ण रहेकोले क्षम्य नहुने टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय शोक मनाइने
जापानका पूर्वप्रधानमन्त्री स्वर्गीय आबेको सम्मानमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय मनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले आबेको गोली प्रहार गरी भएको हत्याको घोर भत्र्सना गरेको छ । उहाँको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आबेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै जापानी जनता तथा उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नभएको छ ।
चर्चित राजनेता
आबे पहिलो पटक सन् २००६ मा ५२ वर्षको उमेरमा जापानको प्रधानमन्त्री बन्नुभएको थियो । त्यो बेलामा उहाँ दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कान्छो उमेरको प्रधानमन्त्री भनेर चर्चित हुनुभएको थियो । सन् २००६ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री हुनुभएका आबेले २०२० मा स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । स्वर्गीय आबेले जापानमा १४ वर्षसम्म प्रधानमन्त्रीका रुपमा शासन गर्नभयो । उहाँ जापानको अर्थतन्त्रलाई माथि पुर्‍याउने उद्धेश्यले ल्याइएको नीति ‘अबेनोमिक्स’ का कारण पनि लोकप्रिय बन्नुभएको थियो । उहाँको लोक प्रियताकै कारण ‘द प्रिन्स’ उपाधि प्रदान गरिएको थियो । केही पटक संसदीय चुनावमा पार्टीको हार, विश्वयुद्धपछि विवादित क्षेत्रको भ्रमण र बारम्बार रोग लागेको भन्दै राजनीतिमा दिन खोज्नेबाहेक अन्य नकारात्मक पाटो उहाँको नदेखिएको विश्लेषण जानकारहरुले गरेका छन् । नेपाल र जापानबीचको आधुनिक सम्बन्धको बीउ रोप्न पूर्व प्रधानमन्त्री सिन्जो आबेको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । उहाँ जापानी मन्त्रिपरिषद्को प्रमुख सचिव हुनुभएका बेला नेपालका तर्फबाट केदारभक्त माथेमा जापानका लागि नेपाली राजदुत हुनुहुन्थ्यो । आबेसँग प्रत्यक्ष भेट भएको क्षण सम्झँदै माथेमाले भन्नुभयो,“जापानको प्रधानमन्त्रीको भ्रमण नेपाल गराउनुपर्‍यो भन्न गएको थिएँ । उहाँले नेपालप्रति निकै रुचि देखाउनुभयो । अति मिजासिला र नेपाललाई माया गर्ने मान्छे हुनुहुन्थ्यो ।” नेपालसँग दौत्य सम्बन्ध गाँसेयता आबेकै पहलमा सन् २००० मा तत्कालीन प्रधानमन्त्री यासिरो मोरी नेपाल भ्रमणमा आउनुभयो । आबेको कार्यकालमा दुई देशबीचको शैक्षिक सम्बन्ध प्रगाढ बन्यो । राणा शासनकालमा आठ जना विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपाली विद्यार्थीका लागि जापान जान ढोका खुला भएको थियो । पछि आबेको कार्यकालमा नेपालका हजारौँ विद्यार्थीले जापानमा पढ्ने र काम गर्ने अवसर पाएका थिए ।
जापानले नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउने काम उहाँकै पालामा भएक हो । जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार हो । यसको सुरुवात पनि उहाँकै पालामा भएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ । आफ्ना जापानी समकक्षी फुर्मियो किसिदालाई शोक सन्देश पठाउँदै प्रधानमन्त्री देउवाले आबेमाथि भएको जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्नभएको छ । सन्देशमा प्रधानमन्त्री देउवाले स्वर्गीय आबे दूरदर्शी राजनीतिज्ञ, चामत्कारिक नेता र लोकतान्त्रिक मूल्यमान्यता तथा आदर्शका अथक संरक्षक भएको उल्लेख गर्नभएको छ । साथै उहाँले आबेको निधन जापानका लागि मात्र नभई विश्वका लागि अपूरणीय क्षति भएको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वर्गीय आबे नेपालको घनिष्ट मित्र र शुभचिन्तक भएको आफ्नो लामो कार्यकालमा नेपाल र जापानबीच मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन एंव सुदृढ गर्नमा उहाँको योगदानको स्मरण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *