“ जनता सरकारका मालिक हुन् ” युवा नेता मिन प्रसाद भण्डारी
लोकका हितका निम्ति उपयुक्त रहेको शासन व्यवस्था प्राप्तिका खातिर नेपाली जनताले निकै लामो लडाई लडेको इतिहास हाम्रो अगाडि छ । एक सय चार वर्षे जाहनिया राणा शासन, तीस वर्षे निरङ्कुस पंचायती व्यवस्था र हजाराँँँँँँै वर्षको इतिहास बोकेको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्दासम्म अघिल्लो पुस्ता हाम्रो पुस्ता र हामी पछाडिको पूस्ता समेतको बलीदानी, जेल यातना अङ्गभङ्ग र रगत पसिनाले आर्जेको व्यवस्था हो । आजको संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था नेपाली जनताको यति ठुलो त्याग तपस्या र बलिदानीले प्राप्त गरेको यो व्यवस्थाप्रति नेपाली जनताको अपेक्षा भनेका राष्ट्रिय स्वाधिनता सार्वभौमिकता शान्ति र सम्वृद्धि नै हुन । यसैगरी इतिहासमा पछाडि पारिएका शोषित उत्पीडित उपेक्षित समुदायलाई सबै नागरिक सरहको शिक्षा, स्वास्थ्य, रोजगार अनि गास बास र कपास समेतको ग्यारेन्टी समेत हो । मुलुकको परिवर्तनको भावनालाई आत्मसाथ गरि पूरानो राज्य संरचनालाई समेत परिवर्तन गरी नयाँ संरचना, संविधान सभाको चुनावद्धारा अग्रगामी संविधान, नयाँ ऐन कानुन लगायतको व्यवस्था गरिएको छ । सबै संरचनाहरु नयाँ बने तर दलहरुको मानसिकता , नेतृत्वको शैली, आचरण, कार्यक्षमता, नयाँ बन्न्न नसकेको अनुभूति भै रहेको छ । अझै पनि मुलुक द्रुतगतिमा अगाडि बढ्ने, विकासले गुणात्मक फड्को मार्ने र अग्रगामीे मार्ग पक्डने लक्षण देखिएको छैन । विकासप्रेमि जनता अझै पनि आस्वस्त हुन सकिरहेको छैनन् ।
नेपाली जनताको भाग्य र भविष्यको कायापलटको सपना बोकेर पूरानो राज्य सत्तालाई फालेर नयाँ व्यवस्था ल्याइ सक्दा पनि पटक पटक सत्ताको बागडोर समालेका पार्टी र नेतृत्वमा परिवर्तन आउन सकेन । देश गणतन्त्रमय भएकै १७/१८ वर्ष भैसक्दा पनि जनताले लोकतन्त्रको आभाष पाउन सकेको छैन । नेतृत्वले, पुलिस प्रशासनले राज्यका नियामक निकायले अर्थात समग्रमा सरकारले आफुलाई सेवक र जनतालाई मालिक बनाउनु पर्ने हो । तर पूरानै संस्कार कायम छ । परिवर्तन नाममा होइन व्यवहारमा देखिने कुरा हो । परिणाममा देखिने कुरा हो । लोकतन्त्रका समग्र मूल्य र मान्यतालाई स्थापित गर्न सकिएन भने लोकतन्त्र आयो भन्नुको अर्थ रहँदैन । विशेष गरी राज्यको बागडोर समाल्ने नेतृत्वमा देखिएको अहंकार, अभद्रता, अशिष्टता, अदुरदर्शिता, अकर्मण्डयता र भ्रष्टमतीका कारण जस्ता जनता आजित छन । हिजोका राजा रजौटाहरुको भन्दा पनि बढि अहमता, असहिष्णुता नेतृत्वमा देखा पर्नु अप्रिय कुरा हुन । अहिलेका समस्या भनेको राजनीतिलाई सेवा भन्दा पनि कमाईखानी वा ठगि खाने भाँडो बनाउने दुसाहसले गर्दा इमान्दार र चरित्रवानहरुको नजरमा जनप्रतिनिधीहरु सम्मानित बन्न सकेका छैनन् । जति जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ भएको छ ।
इतिहासमा कहिले कसैको गुलाम नबनेको प्राकृतिक श्रोत र साधनले भरिपुर्ण विभिन्न जातजाती र भाषाभाषीहरुको साझा फुलबारी सुन्दर देश नेपाल थोरै मात्र पनि भिजन भएको बौद्धिक नेतृत्वको हातमा पर्यो भने छोटो समयमै विश्वका सम्पन्न राष्ट्रको तुलनामा पूग्ने थियो । हिजो हामीले सहयोग गरेका देशहरु आज कहाँ पूगिसके हामीलाई सहयोग गर्न सक्ने भए तर हामी यति ठूलो राजनैतिक परिवर्तन गरेर पनि मुलुकलाई सम्बृद्ध बनाउन असमर्थ भएका छौँ । यसको मूलकारण हामीले खोज्न पर्दछ । देशको जिम्मा लिएका दलहरु नै असक्षम र असक्त देखिएका छन् । दर्शन, सिद्धान्त विधि र पद्धति होइन व्यक्तिगत दम्म, अहङकार र स्वार्थका कारण पटकपटक छिन्न भिन्न भएका छन् । दलिय व्यवस्थामा दल बलिया नभए लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो नभए प्रतिगमन वा निरङकुसताले टाउको उठाउछ । दलिय अनुशासन, अनुशासित, सादगी, सदाचारी र मातृभूमि प्रतिको भक्तिभाव रहेको नेतृत्व भए मात्र शिष्टम राम्रोसँग चल्दछ । यदि यसो भएन भने व्यवस्था जति परिवर्तन गरेपनि देश बन्दैन । तसर्थ आफ्नो रगत र पसिनाले आर्जेको करको रकम खाएपछि म/हामी जनताका सेवक हौँ । जनता हाम्रा मालिक हुन । जनताको आदेशलाई हामीले मान्नुपर्दछ । जनताको भाग्य र भविष्य हामी सबैको लागी हो भन्ने भावना नेतृत्वमा विकास होस् भन्ने जनताले चाहेका छन । दल र त्यसका नेतृत्वले के बुभm्न जरुरी छ भने सिद्धान्त नीति र विधि, राष्ट्र र राष्टवासीकै हितमा रहनु पर्दछ नत्र भने दल र नेतृत्वप्रति नै जनताको वव्रmदृष्टि रहने छ । कुनै पनि दलमा जनता गोलबन्द हुन सक्दैन । बहुदलिय प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था नै अफापसिद्ध बन्न सक्दछ । देश सम्बृद्ध बनोस । जनता खुसी रहूँन । अस्तु:
Great news