राजनीति र धर्म:अधिवक्ता सिताराम ठडराइ अधिकारी

Spread the love

संविधान एउटा त्यस्तो दस्तावेज हो जहाँ र जसमा आफ्नाे मौलिक हक अधिकारको उल्लंघन वा भंग हुन गएमा त्यसको सबै धानिक उपचारको व्यवस्था अनि के कस्तो किसिमको व्यवस्थापिका, कार्यकालिका र न्यायपालिकाको स्वरुप निर्धारण गर्ने, प्रशासन संयन्त्रको स्वरुप कस्तो हुने कुन शैली र ढाँचाबाट सन्चालन हुने हो त्यसका अलवा मुलुकमा के र कति संवैधानिक अंग निकायको व्यवस्थापन गर्ने मुलुकमा परम्परा तथा अनादिकालदेखि के कस्तो धर्म रितिरिवाज सहआएका छन । मुलुकमा कुन धर्मवलम्बीहरुको वाहुल्यता रहेको छ । उनीहरुको धर्मप्रतिको के कुन कस्तो विचार भावना रहेको छ । ति सम्पूर्ण कुराहरुको निकै विचार पुर्‍याएर जनताको भावनामुताविक संविधानमा नै मुलुक कुन धर्मप्रधान हुने भनेर उल्लेख गरिन्छ ।
नेपाल अनादिकालदेखि हिन्दु धर्म प्रधानमुलुक रहीआएको छ । २०६८ को जनगणनानुसार जहाको नागरिकहरु १२५ किसिमका भतजष्लष्अ जातीहरु रहेको र त्यसमध्ये क्षेत्री १८%, ब्राह्मण १३%, मगर ७%, थारु ६.६%, तामाङ्ग ५.८%, नेवार ५%, यादव ४%, मुसलमान ४.४%, दलित ४.८%, राइ २.३% रहेका र यिनिहरु मध्य हिन्दु धर्मावलम्बीहरु ८१.३%, बौद्वधर्मावलम्बीहरु ९%, ईस्लाम ४.४%, किरात ३.१%, व्रिmश्चियन १.४%, प्रकृति धर्म ०.५%, बोन धर्मावलम्बीहरुको संख्या १३००६, जैन धर्मावलम्बीहरुको संख्या ३२१४, वहाइ मान्नेहरु १२८३ र शिख धर्म मान्नेहरुको संख्या ६०९ जना रहेको कुरा २०६८ सालको जनगणनाले देखाउछ । यहा इस्लाम र व्रिmश्चियन बाहेक अन्य सबै ॐ कार परिवारका सदस्य रहेभएको कुरामा दुई मत रहदैन । यस हिसावले हेर्दा नेपालमा हिन्दु धर्म मान्नेहरुको वहुसंख्यक जमात ९४% भन्दा बढि रहेको स्पष्ट छ ।
नेपालका ३ करोड जनसंख्यामध्यको ९४% जनताले संविधान निर्माण गर्दा हिन्दु धर्म प्रधान मुलुक राख्नको लागि अनुनयविनय गरी रहेको हुदा हुदै पनि २/४ जना शिर्ष नेता मानिएकाहरुले विदेशीहरुको इशारामा लागेर ९४% जनताको हिन्दु राष्ट्र राख्नु पर्छ भन्ने भावना प्रति कुठारापात गरिरहेका छन । त्यस्तै विश्वका ७ अरब जनसंख्या मध्य साढे ३ अरब जनता हिन्दु धर्मावलम्बी रहेका र उनिहरुको एउटै चाहना नेपाल हिन्दु राष्ट्र रहोस् भन्ने नै हो । नेपालका ९४% नागरिक र विश्वका साढे ३ अरब हिन्दुहरुको भावनालाई विदेशबाट दक्षिणा लिएर २,४ जनाले अरबौं कुम्ल्याएर मुलुकमा धर्मयुद्व निम्त्याउन दुष्प्रयास भइरहेको छ । यदि त्यस्तो अवस्थाको सिर्जना भएमा त्यो धनले पश्चाताप शिवाय केही दिने छैन । यो कुराको चेतना भयो ।
‘धर्म रक्षेती रक्षित’ अन्य मुलुकका नेता ज्यान दिएर लाग्ने गर्छन तर हाम्रा नेता ज्यूहरु भने भइरहेको पुर्खौली रितिरिवाज परम्परा जस्ता कुरालाई भत्काउनमा तल्लिन रहेका छन् । तिनीहरुलाई मान्छेको धार्मिक भावनामा चोट पुग्दा उ के कति मात्रामा भाव विवल हुनुपग्छ भन्ने कुरा ति कुमानवहरुलाई के थाहा ? जसको कारण आज ९४% नेपालीको भावनामा गहिरो एंव दर्दनाक चोट पुगेको छ । भनिरहनु पर्ने कुरा होइन । संसारभर धर्मको विषयलाई लिएर लाखौं मानिसहरुले शाहदता प्राप्त गरिसकेका छन । ठुला ठुला युद्वहरु भएका छन् । इजरायल र लेवनानबिच हाल सम्म पनि युद्वरत नै रहेका देखिन्छ । भारतमा मात्रै हेर्ने हो भने पनि त्यहाको शिख धर्मको विषयलाई लिएर थुप्रै मानिसले ज्यान गुमाएका र सन् १९९२ को ताका मुसलमान वन्धुहरुले राममन्दिर भत्काइ दिएको कारण झडप हुदा हिन्दु मुस्लिम गरी २००० भन्दा बढिले ज्यान गुमाएका थिए । नेपालको राणाकालीन समयमा एकजना महिला नेतृ योग माया घिमिरेले मुलुकमा धर्मरामाको माग गरेकोमा राणाहरुले वेवास्ता गरेको कारण उनि र उनि लगायत आफ्ना ६८ जना अनुयानीहरुसहित भएर अरुण नदिमा फाल हानेर सामुहिक रुपमा मृत्युवरण गरेका कुरा इतिहासमा देखिन्छ वा पढ्न पाइन्छ ।
नेपाल हिन्दु राष्ट्र रहिरहदा न त कहिकतै अल्पसंख्यक धर्मावलम्बीहरुलाई हिन्दुहरुद्वारा कुनै किसिमको दमन शोषण र उत्पीडन नै भएको छ न त थियो न त हुने नै छ । धार्मिक सहिष्णुता र सद्भाव रहिआएकै थियो । त्यस अवस्थामा पस्चिममा व्रिmश्चियनहरुले हिन्दु धर्म र संस्कार बोकेकाहरु कुनै पनि हालतमा धर्म र संस्कारहिन तुल्याउनु पर्छ भनेर लाखौं करोडा,ै डलर खर्चि रहेका र सोही मौका छोपेर आफ्नो मुलुक मुलुकवासीहरुलाई संस्कारहिन तुल्याउने अनि आफुचाहि ७ पुस्तालाई पुग्ने रुपया कुम्ल्याउने जुन चाल केही नेताहरुले चल्नु भएको छ । त्यसको परिणाम अति नै भयवह हुनेछ । किनकी कुनै पनि राष्ट्रको धर्म रितिरिवाज संस्कार र परम्परा भनेको त्यो राष्ट्रको प्राण हो जुन रहने भने त्यो, त्यो राष्ट्र मृत तुल्य हुनुपुग्छ । त्यसैले त भनिएको पनि छ “च्भष्निष्यल, अगतिगचभ बलम तचबमष्तष्यल बचभ तजभ कयग िया तजभ लबतष्यल।”
आज तमाम करिब ३ करोड नेपाल राष्ट्रसँग यहि प्रश्न गरिरहेछन की हामीले कुन त्यस्तो अपराध गरेका थियौ जसको फल धर्म र संस्कारहिन हुन र तुल्याउन खोजियो ? लालचमा फसेकाहरुले तपाइहरुलाई अलिकति पनि सरम लागेन हई ? आफ्ना पिता पुर्खाले सहृदयका साथ मान्दै र धान्दै आएका धर्म कर्म रितिस्थिति परम्परादिहरुलाई नास्न र भास्न अनि भत्काउनु भनेको आफ्नो वंश पुख्र्यौली आफैले नास यरे जस्तै हो । यो कुरा मनन गर्दै रहनुहोला । तपाईहरु र तपाइ रहनु भएको घर भोली कसरी भत्कने छ । त्यसरी नै नेपालका ९४% हिन्दुहरु यो प्रश्न पनि गरिरहेको छन की हामीले सनातन धर्मसंस्कार र रितिरिवाजको जरै उखलेर फाल्ने र त्यो ठाउमा अर्काे अर्काे धर्मलाई प्रश्रय मिल्ने गरी सनातन देखि मानि आएको राष्ट्रिय धर्म नै फर्ने अधिकार तपाइहरुलाई कस्ले दियो ? कुन जनआन्दोलनको म्याण्डेट हो ? जनआन्दोलन ताका आन्दोलनकारीहरुले धर्म, राजसंस्था अनि संघियताको विषयका एक आवाज उठाएनन कुरै छाडौ कल्पना सम्म पनि गरेका थिएनन् । यो त सब मौकाको फाइदा अनि राजनीति बेइमानी भन्दा अरु केही होइन ।
धर्म सम्बन्धमा विभिन्न धर्मावलम्बीहरुको नेताहरुसँग धर्मको विषयमा विचार बझ्दा मुस्लिम धर्म र व्रिmश्चियन धर्मका ज्ञाताहरुले समेत नेपाल हिन्दु राष्ट्र नै रहनु पर्छ भनि रहदा समेत धर्म निरपेक्ष नै तुल्याउनु पर्छ भन्नु नेपाली ९४% हिन्दु र विश्वका साढे ३ अरब हिन्दुहरुलाई ललकार्नु चुनौति दिनु हो । विश्वका ५२ वटा मुलुकमा व्रिmश्चियन राष्ट्र र ४६ वटा मुलुकको संविधानमा मुस्लिम राष्ट्र प्रधान मुलुक भनि लेखिन सकिरहेको छ तर नेपालमा चाहिँ प्रधान राष्ट्र भेटाइन्छ । जसबाट विनाशेकाल विपरीत वुद्धि भन्ने स्पष्ट भइरहेकै छ । हिन्दुधर्म संसारको मूल धर्म हो भनेर संसारका धर्मगुरुहरुले भनिरहेका छन संसारका व्रिmश्चियनहरुका उच्चस्थानमा रहनुभएका भ्याटिकन सिटीका चर्चका धर्म गुरु जनपल द्धितियले भन्नु भएको छ की एकादिन यो सारा संसारले हिन्दु धर्मको सामु घुडा टेकेर झुक्नु पर्ने छ ।
अरु धर्मका धर्मगुरुहरुले हिन्दु धर्मको मर्म र विशेषता बुझेर उक्त कुराहरु विश्वलाई अध्र्याइ रहेको देखिन्छ तर हाम्रा देशका धर्म गुरु अनि राजनेताहरु चाही हिन्दुधर्मलाई र यसका धर्म ग्रन्थहरुलाई सके कन्टेनरमा लगेर फ्याक्ने र नभए म्यूजियममा लगेर थन्काउने दुष्प्रयत्न गरिरहनु भएको छ ।
हुन त हिन्दु धर्म अनुसार आचरण गर्नेहरुको संख्या नै न्यून हुदै गइ रहेका र त्यो संस्कार आफैमा नभएकोले गर्दा पनि हिन्दु धर्मप्रति वितृष्णा जाग्नु स्वभाविक होला तर आफू नास्तिक भयो भन्दैमा सबै मुलुक र मुलुकबासी नास्तिक त हुन सक्दैनन । भनिएको छ नेपालको संविधान २०७२ लोकतान्त्रिक संविधान हो भनेर तर लोकतन्त्रमा त ४९ र ५१ हुदा पनि ५१ को कदर भइ उसले विजय हासिल गरेको हुन्छ तर यहाँ त १००% मा ९४% ले नेपाल हिन्दु राष्ट्र कायम रहनु पर्छ भनि अनुनय विनय र रोदन गर्दा पनि संविधानमा हिन्दु राष्ट्र लेखिन सकेन भने यो संविधान कसरी लोकतान्त्रिक हुन सक्छ र भयो ? यसलाई त यस दृष्टिले हेर्दा धोर तानाशाह प्रवृतिको संविधानको संज्ञा दिदा उपयुक्त नै हुने देखिन्छ । किनभने ९४ % जनताले मागेका कुरा केवल संविधान सभाभित्रका ३/४ जना शिर्ष नेता भनौदाहरुले इन्कार गर्न सक्छन भने यो तिनै शिर्ष मानिने नेताहरुले हिन्दुहरु माथि गरेको ज्यादती र राष्ट्रमाथि गरेको बलत्कार भन्दा अरु केही हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *