लघु घरेलु र सहयोगी सिपमूलक तालिम केन्द्रद्वारा आयोजित दिक्ष्यान्त समारोह सम्पन्न

Spread the love

चितवन भरतपुर महानगरपालिका लघु, घरेलु तथा साना उद्योग प्रबर्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं आयोजक, सहयोगी सिपमूलक तालिम केन्द्र सहआयोजक र जिल्ला सहकारी संघ अन्तर्गतका सहकारीहरुका शेयर सदस्य सहभागी गराउने तालिम सहआयोजक रहने गरी सात दिने उद्यमशिलता तालिम असार ११ देखि सुरु भएको तालिम असार १७ सात दिनमा सम्पन्न भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रबर्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंका उपसचिव अमित आचार्य प्रमुख अतिथि रहनु भएको कार्यक्रम विशिष्ट अतिथि समाजसेवी प्रतिभाशाली राममणि उपाध्याय पौडेल, विशिष्ट अतिथि जिल्ला सहकारी संघ शिक्षा उपसमितिका संयोजक देवेन्द्र गुरुङ्ग, विशिष्ट अतिथि चिरफार खबरका प्रकाशक देवराज थपलिया, अतिथिमा सहकारी संघका व्यवस्थापक विनोद खतिवडा र अतिथिमा लघु घरेलु कार्यालयका नारायण भुसाल रहनु भएको थियो ।

उद्यमशिलता तालिममा मिलिजुली सहकारी संस्था भट्टखोला–२ गिता रानाभाट, नारायणी सहकारी संस्था लि. भरतपुर–५ यमुना पौडेल, मिलिजुलि सहकारी संस्था लि. भरतपुुर–७ उषा पौडेल, अग्रज सहकारी संस्था लि. रत्ननगर–१२, दिलमाया लामिछाने, प्रभात दिदि बहिनी बचत क्रण सहकारी लि. भरतपुर–९ सन्तमाया पोखरेल, चित्रवन बचत तथा क्रण सहकारी संस्था लि. सिरानचोक गोरखा रबिन ढकाल, देवनगर दुग्ध उध्पादक सहकारी संस्था लि. भरतपुर–४ अमृत न्यापाने, विराज दुग्ध उत्पादक सहकारी संस्था लि. भरतपुर–२५ दुर्गा महत क्षेत्री, विराज दुग्ध उत्पादक सहकारी संस्था लि. भरतपुर–२ संगीता सिग्देल, श्री सिध्दिविनायक बचत तथा क्रण सहकारी संस्था लि. भरतपुर–३ इन्दिरा लामिछाने, मिलिजुली सहकारी संस्था भरतपुर–७ शान्ता पौडेल, अमरदीप सहकारी संस्था लि. भरतपुर–११ अर्जुन ढकाल, श्री गरिबी निवारण कृषि सहकारी संस्था लि. भरतपुर–१४ कृष्ण प्रसाद चापागाई, अग्रज सहकारी संस्था लि. भरतपुर–१४ काशौला चापागाई, दिर्घायु जडिबुटी उत्पादक सहकारी संस्था लि. कालिका–२ सुव्रmराम महतो, नयाँ सृष्टि महिला समाज लि. भरतपुर–११ लक्ष्मी प्रभा पन्त, श्री इन्द्रग्राम साकोस सहकारी संस्था लि. भरतपुर–४ विकास खड्का, फेन्सी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–११ देवी कुमारी शर्मा, हिमाली सहकारी संस्था लि. भरतपुर–११ लक्ष्मी कुमारी सुवेदी ढकाल, श्री इन्द्रग्राम साकोस सहकारी संस्था लि. भरतपुर–१६ बाट कान्ता कोइराला, कालिका दुग्ध सहकारी संस्था लि. भरतपुर–२६ सम्राट अधिकारी, बसेनी बचत तथा सहकारी संस्था लि. भरतपुर–११ यशोदा शर्मा, उदय बचत तथा क्रण सहकारी संस्था लि. कालिका–६ भगवती सुबेदी, श्री इन्द्रग्राम साकोस सहकारी संस्था लि. भरतपुर–१६ दुर्गा देवी पौडेल, हाम्रो चित्रवन वचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–१० किरण कुमारी अधिकारी, कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–११ स्पन्दन थपलिया, विकु बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–११ गौरव खतिवडा, चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–११ बाट देवराज थपलिया, प्रगति महिला विकास सहकारी संस्था लि. भरतपुर–१५ बाट शोभा कट्टेल र मिलिजुली सहकारी संस्था लि., भरतपुर–७ सरस्वती थापा सहभागी हुनुभएको थियो । तालिमको पाठ्यक्रम तथा सिकाइएका विषयवस्तु यस प्रकारको छन् असार ११ गते शनिबार उद्घाटन र परिचय तथा आशा अपेक्षा संकलन तथा आचार संहिता, व्यावसायिक योजना (औधोगिक स्किम) को परिचय र महत्व, व्यावसायिक योजना(औधोगिक स्किम) को अभ्यास, व्यावसायिक अवसरको पहिचान तथा व्यावसाय छनौट गर्ने तरिकाको प्रशिक्षण लघु घरेलु तथा साना उद्योगका अम्बिका रिजाल ज्यू बाट ४ ओटा सत्र संचालन गरियो । त्यसैगरी १२ गते आइतबार सफल उद्यमीसँग साक्षात्कार तथा अनुभव आदान प्रदान, उद्यम व्यवसायमा प्रतिस्पर्धा समन्वय र नेतृत्वको भूमिका, व्यावसायिक योजनाको छलफल र प्रस्तुति (औधोगिक स्किम) को अभ्यास सफल व्यावसायी श्रीकृष्ण गौतम ज्यू बाट ३ ओटा सत्र संचालन गर्नुभयाे। १३ गते सोमबार उद्यम व्यवसायमा लेखाको महत्व र व्यक्तिगत वासलात, कर प्रणाली, कर कट्टी, आय विवरण बुझाउने तरिका र लेखा परिक्षण, उद्यमशिलता विकासको परिचय जिल्ला सहकारी संघका व्यवस्थापक बिनोद खतिवडाबाट ३ ओटा सत्र सन्चालन गर्नु गर्नु भयाे । १४ गते मंगलबार उद्यम प्रबंद्वनमा वित्तिय संस्थाको भूमिका तथा कर्जा प्रभाह, जोखिम बहन क्षमताको विकास, औधोगिक उत्पादन व्यवस्थापन एन.एम.बी भरतपुरका म्यानेजर विजय गुरुङ्गले ३ ओटा सत्र सन्चालन गर्नुभयो । १५ गते बुधबार क्ध्इत् विश्लेषण, जोखिम बहन क्षमताको अभ्यास, जोखिम बहन क्षमताको विश्लेषण लघु घरेलु तथा साना उद्योगका रन्जु भट्टबाट ३ ओटा सत्र सन्चालन गरियो । १६ गते बिहिबार उद्योग वाणिज्य प्रशासन, उद्यम प्रबंद्वनमा सरकारी निकायको भूमिका, लघु घरेलु तथा साना उद्योग आकर्षित हुने कानुनी व्यवस्थाहरुको बारेमा लघु घरेलु तथा साना उद्योगक नारायण खनाल ज्यूबाट ३ ओटा सत्र सन्चालन प्रशिक्षण गरियो । १७ गते चितवन बार बाट उद्यम प्रबद्वनमा वित्तिय संस्थाको भूमिका तथा कर्जा प्रभाह, बजार तथा बजारीकरण सिताराम अधिकारी ज्यूबाट तथा मूल्याङ्कनको कार्य सरस्वती गौताम बाट गर्नु भयो । १८ गते शनिबार प्रमाणपत्र वितरण तथा समापन घरेलु तथा साना उद्योग प्रबंद्वन केन्द्रबाट आउनु भएका प्रमुख अथिति उपसचिव अमित आचार्यबाट गर्नु भयाे भने सम्पूर्ण परिक्षार्थिलाई उद्यमसिलाता तालिम लिइसकेपछि व्यवसाय गर्नको लागि शुभकमाना दिनु भयो l व्यवसायीलाई समस्या पर्दा वा व्यवसायी तालिमको लागि लघु, घरेलु तथा साना उद्योग प्रबर्धन केन्द्र त्रिपुरेश्वर प्रतिबद्व छ भनि प्रतिबद्वता प्रकट गर्नु भयो उत्त कार्यक्रम मा उद्यम सिलाता तालिम लिने ३० जना सहभागी थियो भने समापन शरस्वती गौतमको अध्यक्षतामा सम्पन्न भयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *